बुटवल, २१ भाद्र बिपि बिचार राष्ट्रिय समाज क्षेत्र नं. २ रुपन्देहीमा क्षेत्रीय कार्यसमिति चयन गरिएको छ । बिपि बिचार राष्ट्रिय समाजको बिधान २०६९, परिमार्जित बिधान २०७१ को दफा १५ बमोजिम हरिप्रसाद अर्यालको सभापतित्वमा क्षेत्रीय समिति गठन गरिएको हो ।
समितिको उपसभापतिमा घनश्याम तिवारी, सचिवमा मुक्ति अधिकारी, सहसचिवमा निर्मला वेलबासे र कोषाध्यक्षमा बिन्दु ढकाललाई चयन गरिएको छ । त्यस्तै समितिको सदस्यहरुमा नरबहादुर रजाली, अनिलप्रसाद श्रेष्ठ, नरेश पुन, अग्नी क्षेत्री, रमेश पराजुली, शान्ति बिक, गीता उपाध्याय, विष्णु भण्डारी, युवराज भण्डारी, ओमप्रकास बिक, धर्मा शर्मा, झबिन्द्र घिमिरे, रामचन्द्र ढकाल, दुर्गाबहादुर केसी, सञ्जय जयसवाल र धनकुमारी खनाललाई चयन गरिएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा आयोजना गरिएको कार्यक्रममा समाजका रुपन्देही जिल्ला अध्यक्ष शरद भट्टराई, सचिव कृष्णप्रसाद पोखरेल, सदस्य नारायण अधिकारीले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा क्षेत्रीय सभापति अर्यालले रचनात्मक रुपमा समितिलाई अंगाडी बढाउने बताउनु भयो ।