बुटवल २० भाद्र
मानव वेचविखनलाई जघन्य अपराधका रुपमा लिदै नियन्त्रणका लागि सवैको समन्वय जरुरी रहेको एक कार्यक्रममा वोल्नेहरुले जोड दिएका छन ।
उनीहरुले मानव वेच विखनको अन्त्य नहुदाँसम्म राज्यमा सुशासनको प्रत्याभुती हुन नसक्ने धारणा समेत राखेका थिए ।
मानव वेच विखन विरुद्धको १३ औ राष्टिृय दिवस २०७६ को अवसरमा शुक्रवार बुटवलमा आयोजना गरिएको जनचेतना त्याली पछि आयोजित सभामा वोल्नेहरुले मानव वेच विखन गर्नेहरुलाई समाजवाट वहिष्कार गर्नु पर्नेमा समेत जोड दिएका छन ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भटृराईले मानव वेच विखन विरुद्धका नारालाई आत्मसाथ गरि व्यवहारमा कार्यान्वयन गर्न जरुरी रहेको औल्याउनु भयो ।
उहाँले प्रहरी, नागरिक समाज, सामाजिक संघ संस्थाहरु ,स्थानिय तह मिलेर काम गर्नु पर्ने धारणा राख्नु भयो ।कसैको पनि एकल प्रयासवाट मानव वेच विखन जस्तो जघन्य अपराध नियन्त्रण संभव नहुने भन्दै प्रनाउ भटृराईले सामुहिक प्रतिवद्धता जरुरी रहेको बताउनु भयो । मिलन टोल विकास संस्था बुटवल ९ की अध्यक्ष कमला कुंवरले मानव वेच विखनमा परेकाको उद्धार भन्दा पनि वेचविखनलाई रोक्न जरुरी रहेकोले त्यसतर्फ सचेतना आवश्यक रहेको औल्याउनु भयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले मानव वेच विखन जस्ता अपराधमा संम्लग्नलाई आजिवन कारावासको व्यवस्था हुने गरि कानुन बनाउनु पर्नेमा जोड दिनु भयो ।
नेपाल प्रहरीको वडा प्रहरी कार्यालय बुटवल रामनगर र होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको सम्युक्त आयोजनामा गरिएको कार्यक्रममा कालिका मानव ज्ञान मावि, मनकामना टोल विकास संस्था बुटवल ९, मिलन टोल विकास संस्था, तितेपाती सहकारी संस्था ,मिलीजुली शितलटोल विकास संस्था, डाईनामिक टेक्निकल एजुकेशन लगायतका संघ संस्थाको सहभागिता रहेको महासचिव माधव कुमार खनालले बताउनु भयो ।बुटवलको राजमार्ग चौराहावाट शुरु भएको जनचेतनामुलक त्याली मिडियाचोकमा पुगेर कोण सभामा परिणत भएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी सहायक निरिक्षक शेर बहादुर थापाले बताउनु भयो । विभिन्न नारा लेखिएका प्लेकार्ड सहित त्यालीमा सहभागिता रहेको थियो ।