काठमाण्डौ १९ भाद्र
केन्द्रिय अनुसन्धान ब्युरो सिआईबी० ले पूर्व सांसद समेत रहेका डोलबहादुर कार्की डिबि० लाई पक्राउ गरेको छ ।
राजकुमार राई नाम गरेका युवालाई प्रहरी निरीक्षक बनाईदिने भन्दै चार लाख नगद लिएर उनी फरार भएका थिए ।
उनलाई पटक पटक उक्त रकम फिर्ता गर्न आग्रह गर्दा पनि अटेर गरेपछि सर्वोच्च अदालतले एक लाख जरिवानासहित ६ महिना कैदको फैसला सुनाएको थियो । उनी अदालतको फैसलापछि फरार थिए ।
सिआईबीको टोलीले दुई महिनापछि उनलाई पक्राउ गरेको हो ।