Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा ४८ जना डेंगु रोगबाट संक्रमित, महामारी निम्तने खतरा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा ४८ जना डेंगु रोगबाट संक्रमित, महामारी निम्तने खतरा

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७६ · 0
रुपन्देहीमा ४८ जना डेंगु रोगबाट  संक्रमित, महामारी निम्तने खतरा
100
SHARES
ShareTweet


संघियतासंगै जनस्वास्थ्य कार्यालयमा रोग नियन्त्रणका लागि वजेट शुन्य

बुटवल, १९भाद्र
देशका बिभिन्न जिल्लाहरुमा डेंगु रोगका बिरामीहरु बढ्दै गएका समाचारहरु आइरहेका बेला रुपन्देही जिल्लामा पनि डेंगुका बिरामी दैनिक रुपमा फेला पर्ने गरेका छन् ।
बुधवारसम्ममा रुपन्देही जिल्लामा ४८जना डेंगु रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
दैनिक रुपमा डेंगु रोगका बिरामीहरु जुन रुपले फेला पर्ने गरेको तथ्याकलाई मध्य नजर गर्दा रुपन्देहीमा यो रोगले महामारी निम्तने संकेत मिलेको जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले बताउनु भयो ।
रुपन्देही जिल्लाको बुटवल स्थित बुटवल अस्पताल प्रालीमा सबैभन्दा बढि २५ जना डेंगु संक्रमित उपचाररत रहेको डा नन्दु पाठकले जनाउनु भएको भन्दै जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ४, आम्दा अस्पतालमा ४ क्रिमशन अस्पताल मणिग्राममा ३ जना डेंगुका बिरामीहरुको उपचार भैरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । नेपालमा सन् २००४ देखि डेंगु रोगको संक्रमण बढ्दै गएको छ । डेंगु ज्वरो एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रमक सरुवा रोग हो ।
यस जातको लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा फुल पार्दछ । खासगरी वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रा टायर, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गमला, कूलर, पानीका ट्यांकी आदिमा यसले फुल पार्ने गर्दछ ।
फुल पारेको १० देखि १२ दिनमा बच्चा उत्पादन गर्नसक्ने क्षमता रहेको र अहिले सवै भन्दा उपयुत्त मौसम रहेको पनि जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक शाहले बताउनु भयो । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले दैनिक ५जनासम्मलाई टोक्ने गर्दछ । दिउसोमा टोक्ने भएकाले रातीमा झुल लगाएर सुत्नेहरुलाई पनि डेंगु रोग लाग्ने गर्दछ ।
झट्ट हेर्दा बाघजस्तो देखिने भएकाले यो लामखुट्टेलाई टाइगर मस्क्युटो’ पनि भन्ने गरिन्छ । मुलुक संघियतामा गएसंगै जिल्ला जनस्वास्थ्य कार्यालयको अधिकार स्थानिय निकायमा हस्तान्त्ररण भएकाले जनस्वास्थ्य कार्यालयमा डेंगु रोग नियन्त्रणका लागि विगत दुई वर्ष देखि वजेट आउन छाडेको कार्यालयले जनाएको छ । जिल्लामा डेंगु रोगले महामारी रुप लिन संकेत संगै जनस्वास्थ्य कार्यालयले जिल्लाका सवै स्थानिय निकायलाई रोग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पत्राचार गरिएको समेत भेक्टर कन्ट्रोल निरिक्षक शाहले बताउनु भयो । यती हुदाँसम्म पनि जिल्लाका कुनै पनि स्थानिय निकायले जनचेतना मुलक सुचना सम्म पनि जारी गरेका छैनन ।

≪ Previous Post

लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अहिले अभ्यासकै क्रममा : मन्त्री केसी

Next Post ≫

प्रहरी निरिक्षक बनाइदिने भन्दै ४ लाख घुस लिएका पूर्व सांसद पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क