Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अहिले अभ्यासकै क्रममा : मन्त्री केसी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अहिले अभ्यासकै क्रममा : मन्त्री केसी

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७६ · 0
लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अहिले अभ्यासकै क्रममा : मन्त्री केसी
90
SHARES
ShareTweet


बुटवल १९ भाद्र
प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद के.सी.ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अहिले अभ्यासकै क्रममा रहेकाले यसको सफल कार्यान्वयनमा सबैको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ् ।
प्रादेशिक संरचनाहरुले अझै पूर्णता नपाइसकेको अवस्थामा समृद्ध नेपाल बनाउने सपना पूर्ण बनाउन चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । उच्च अदालत बार एसोसिएसन बुटवलको पदस्थापन कार्यक्रममा बोल्दै मन्त्री केसीले सुशासनका लागि अभियन्ताको नेतृत्व गरेर अघि बढ्न बारलाई सुझाव दिनु भयो ।
‘बारले अभियानको नेतृत्व गरोस, प्रदेश सरकार साथ दिन तयार छ’ मन्त्री केसीले भन्नु भयो ।
सो अवसरमा बोल्दै नेपाल बार एसोसिएसनका केन्द्रीय महासचिव लिलामणि पौडेलले संविधानले स्वतन्त्र न्यायपालिका बनाउने उल्लेख गदै त्यो प्रस्तावनामा मात्रै सीमित रहेको बताउनु भयो । प्रधानन्यायाधीश नियुक्त गर्दा राजनीतिक प्रभाव हावी हुन नहुने उहाँको भनाइ रहेको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका मुख्य भई काम गर्ने न्यायाधीश शेषराज शिवाकोटीले बार र बेञ्च दुवै एउटै उद्देश्यका लागि क्रियाशील रहेकोले सहकार्य जरुरी रहेको औल्याउनु भयो ।
सो अवसरमा निर्वाचन समितिका संयोजक उच्च सरकार वकिल कार्यालय बुटवलका उपन्यायाधिवक्ता श्यामसुन्दर चौधरी र निर्वाचित समितिका सदस्य बुद्धिप्रसाद पराजुलीले नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराउनुको साथै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिनु भएको थियो ।
सो अवसरमा प्रदेश नं. ५ का मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसी, रुपन्देही जिल्ला अदालतका जिल्ला न्यायाधीश रमेशराज पोख्रेल, वरिष्ठ अधिवक्ताहरु कमलराज जोशी, तेजप्रसाद कडेण, शालिकराम बञ्जाडे, गोपाल पाण्डे अल्छी, नेपाल बारका पूर्व उपाध्यक्ष घनश्याम पन्त, डेमोक्रेटिक लयर्स एसोसिएसनका केन्द्रीय उपाध्यक्ष गोकर्णसिंह थापा, नेपाल लयर्स एसोसिएसनका प्रदेश नं. ५ संयोजक कमल मलेगो, उच्च अदालत बार बुटवलका पूर्व अध्यक्ष महेन्द्रप्रसाद पाण्डे, रुपन्देही जिल्ला बारका अध्यक्ष नरसिंह चौधरी, उच्च अदालत बार एकाईका निवर्तमान अध्यक्ष, खडानन्द भण्डारी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, उच्च सरकारी वकिल कार्यालय बुटवलका प्रमुख मोहन सागर बस्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष जोगबहादुर खत्रीले सबैको सहयोग र सुझावको आधारमा नयाँ नेतृत्वले बार एकाईलाई सशक्त बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

≪ Previous Post

भोट गर्न सुशिलको परिवार र शुभचिन्तकहरुको आग्रह

Next Post ≫

रुपन्देहीमा ४८ जना डेंगु रोगबाट संक्रमित, महामारी निम्तने खतरा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क