Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पत्रकार पुनःबहालीको माग गर्दै मन्त्री बासकोटालाई प्रेस युनियनको ज्ञापन
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकार पुनःबहालीको माग गर्दै मन्त्री बासकोटालाई प्रेस युनियनको ज्ञापन

संसारपोस्ट संवाददाता · १८ भाद्र २०७६ · 0
पत्रकार पुनःबहालीको माग गर्दै मन्त्री बासकोटालाई प्रेस युनियनको ज्ञापन
90
SHARES
ShareTweet

बुटवल, १८ भाद्र
रेडियो सुदुरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई कामबाट हटाएको प्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण गराउँदै सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बासकोटालाई ज्ञापन पत्र बुझाएको छ । रेडियो प्रसार बिकास समितिले राजनीतिक पूर्वाग्रह साँधेर उनीहरुलाई कामबाट हटाएको भन्दै तत्काल पूनःबहालीको माग गर्दै ७७ वटै जिल्लाबाट नेपाल प्रेस युनियनले मन्त्री बासकोटालाई ज्ञापन पत्र बुझाएको हो ।
यसैबिच नेपाल प्रेस युनियन रुपन्देहीले पनि बुधबार जिल्ला प्रशासन कार्यालय पुगेर निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा मार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री बासकोटालाई ज्ञापन पत्र पठाएको छ । नेपाल प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा तीन जना पत्रकारलाई काममा पुनःबहाली गर्न पटक पटक आग्रह गरेपनि रेडियो नेपालको व्यबस्थापन पक्षले सुनुवाई नगरेकाले अल्टिमेटम सहित तत्काल पुनःबहाली गर्न माग गरिएको छ । विज्ञप्ती मार्फत प्रेस युनियनले तीनै जना पत्रकारलाई पुनःबहाली नगरे थप आन्दोलनका कार्यक्रम अंगाडी बढाउने समेत चेतावनी दिएको छ ।
वर्तमान सरकारले अन्य सरकारी सञ्चार माध्यममा लामो समयदेखि काम गरिरहेका व्यबसायिक पत्रकारलाई निस्कासन गरि आफ्ना पार्टीका कार्यकर्ता भर्ति गर्ने तथा समाचार वेसिसमा काम गर्ने पत्रकारको समेत म्याद थप नगरेको प्रति नेपाल प्रेस युनियनले विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै नेपाल प्रेस युनियनले प्रेस स्वतन्त्रता विरोधी प्रावधान रहेको मिडिया काउन्सील विधेयक सरोकारवाला संघसंस्थासंग परामर्श नगरिकनै राष्ट्रिय सभाबाट प्रकृया अंगाडी बढाएको प्रति पनि गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । युनियनले सरोकारवालाहरुको मागलाई सम्बोधन गर्दै संसदमा रहेका दलहरुको सहमतिबाट मिडिया काउन्सील लगायतका विधेयक पारित गर्न पनि माग गरेको छ । सरोकारवालाहरुको सहमतिको हवला दिँदै विवादास्पद प्रावधान राखेर प्रेस काउन्सीलले असोज ६ गतेबाट आचार संहिता लागुगर्ने भनिएकोमा त्यसप्रति युनियनको गम्भिर असहमति रहेको प्रष्ट पारेको छ ।
ज्ञापन पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले युनियनले प्रदान गरेको ज्ञापन पत्र हुवहु समयमा नै सम्बन्धित ठाउँमा पु¥याउने बताउनु भयो ।

≪ Previous Post

रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनद्धारा सामाजिक कार्य

Next Post ≫

भोट गर्न सुशिलको परिवार र शुभचिन्तकहरुको आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क