बुटवल १८ भाद्र
रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले चौतारी हेल्थ फाउन्डेसनमा रहेका मानसिक विरामीरुसगं अन्तरक्रिया र अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
चौतारी हेल्थ फाउन्डेशनमा रहेका २० भन्दा बढि मानसिक विरामिहरुसंग खुसी साटासाट हुनुपर्छ, नाच्न गाउन पाउनपर्छ, र चार्डपर्वसंगै मनाउनुपर्छ भन्ने उद्देश्यका साथ प्रशिक्षण तथा खाना खुवाउदै चार्डपर्व मनाउने उद्देश्यले कार्यक्रम गरिएको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी गराउनुभयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको गौतमबुद्ध मुटु अस्पतालका अध्यक्ष एजाज आलमले उत्पे्ररणात्मक प्रशिक्षण दिदै घरमा वा पार्टी प्यालेसमा फजुल खर्च गरी चाडपर्व मनाउने प्रकिृयालाई अन्त्य गरी समाजमा सकारात्मक रुपान्तरणका लागि सामाजिक कार्य गर्नु पर्ने धारणा राख्नु भयो ।
समाजमा रहेका विपन्न बर्ग, असक्तसगं मिलेर अगाडि बढ्नु पर्ने बताउदै उहाँले क्लबले गरेको कामको प्रसंसा गर्नु भएको हो ।
कार्यक्रममा क्लबका पुर्व अध्यक्ष जिवन अधिकारीले ,इनरहिल क्लबअफ रुपन्देहीका अध्यक्ष मञ्जु घिमिरे, रोट¥याट डाउनटाउनका पुर्व अध्यक्ष कमल थापा क्षेत्री, सन्तोष पौडेल, बालकृष्ण पाण्डे, जनक दमासे, अजित घताने सहितले मानसिक रुपमा रागी विरामीसंग गरिएको कार्यक्रमले उनिहरुमा सुधारका लागि प्रेणा मिल्ने धारणा राख्नु भएको थियो । कार्यक्रम स्वागत मन्तव्य ऋचा बस्यालले र सौरभ भुषालले सञ्चालन गर्नु भएको
