Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ग्रामीण विकास लघुवित्तको बजेट समिक्षा गोष्ठी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ग्रामीण विकास लघुवित्तको बजेट समिक्षा गोष्ठी

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७६ · 0
ग्रामीण विकास लघुवित्तको बजेट समिक्षा गोष्ठी
60
SHARES
ShareTweet


बुटवल, १७ भदौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक बर्ष ०७५÷७६ को वार्षिक कार्यक्रम तथा वजेट समिक्षा गोष्ठी वुटवलमा सम्पन्न भएको छ ।
भदौ १४ र १५ गते दुई दिनसम्म चलेको बजेट समिक्षा गोष्ठीको उदघाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले अघिल्लो समिक्षा गोष्ठीमा भएका निर्णयहरुको कार्यान्वयन पक्षको विश्लेषण संगै समिक्षा अवधिमा लक्ष्य अनुरुप उपलब्धी हासिल हुन नसकेका सूचकांकहरुका वारे खुलस्त छलफल गरी त्यसमा सुधार ल्याउन आवश्यक रहेको बताउनु भयो । उहांले आगामी दिनमा संस्थाले वार्षिक लक्ष्य पुरागर्न अपनाउनु पर्ने रणनीति तर्जुमा गर्न गोष्ठीले मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नु भयो ।

गोष्ठीमा संस्थाका पा“चवटै क्षेत्रीय कार्यालयहरू तथा विभागहरूबाट प्रस्तुत आर्थिक बर्ष २०७५÷७६ को वार्षिक अवधिको बजेट समिक्षा तथा कार्यक्रमको प्रगति उपर विस्तृत रुपमा (शाखागत) छलफल गरी तोकिएको लक्ष्य भन्दा न्यून प्रगति हुनुका कारणबारे छलफल गरी आर्थिक बर्ष ०७६÷७७ मा कार्यक्रमको गुणस्तरमा सुधार गर्दै लक्ष्य अनुरुप प्रगति हासिल गर्ने प्रतिबद्धता जाहेर गरिएकोे थियो ।
गोष्ठीमा प्रधान कार्यालयका विभागिय प्रमुखहरू, कम्पनी सचिव, क्षेत्रीय कार्यालय विराटनगर, जनकपुर, बुटवल, नेपालगंज, धनगढीका क्षेत्रीय प्रबन्धकहरू, क्षेत्रीय कार्यालयका कर्जा व्यवस्थापन नीति तथा योजना महाशाखा प्रमुखहरू, सम्बन्धित विभागका अन्य अधिकृत कर्मचारीहरू र संस्थामा कृयाशील तीनवटै युनियनका अध्यक्षहरूकोे सहभागिता रहेको थियो ।
गोष्ठीको समापन गर्दै प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले आर्थिक बर्ष ०७६÷७७ को स्वीकृत वार्षिक कार्ययोजना अनुसार संस्थाको व्यवसायिक क्षमता अभिवृद्धि गर्न समूह विस्तार, सदस्य तथा ऋणी संख्यामा वृद्धि, बचत संकलन, गुणस्तर कर्जा लगानी र निष्कृय कर्जा व्यवस्थापनमा जोड दिन निर्देशन दिनु भयो । उहांले कर्मचारी व्यवस्थापन, वृत्ति विकास, सदस्यहरुलाई सीप विकास तथा पुनरताजगी तालिम, अवलोकन भ्रमण, गोष्ठी संचालन लगायतका विषयमा संस्थाले योजनावद्ध ढंगले कार्य गर्दै आएको उल्लेख गर्नु भयो ।
उक्त गोष्ठीले आगामी दिनमा संस्थाले गर्ने रणनीतिक कार्ययोजनाका बारेमा १३ बु“दे प्रतिवद्धता पारित गरेको छ । संस्थाले २०७६ असार मसान्तसम्म सात वटै प्रदेशका ५७ जिल्लामा १८८ कार्यालय मार्फत २ लाख २० हजार सदस्यहरुको घरदैलोमा विभिन्न प्रकारका लघुवित्त सेवा पु¥याउ“दै आएकोछ । यस अवधिमा संस्थाको लगानीमा रहेको कर्जा रु. ९.९० अर्ब, कुल बचत रु. ३.२३ अर्ब रहेको संस्थाले जनाएको छ ।

≪ Previous Post

बुटवलको विकासका लागि बेलायत सरकारसंग समझदारी

Next Post ≫

भन्सार छली ल्याईएका १३ लाख बढि मूल्यका सामान बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क