Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भन्सार छली ल्याईएका १३ लाख बढि मूल्यका सामान बरामद
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भन्सार छली ल्याईएका १३ लाख बढि मूल्यका सामान बरामद

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७६ · 0
भन्सार छली ल्याईएका १३ लाख बढि मूल्यका सामान बरामद
90
SHARES
ShareTweet


बुटवल, १७ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याईएका १३ लाख बढि मूल्यका सामान बरामद गरेको छ ।
प्रहरीले सामान सहित सो कार्यमा संलग्न ६ जनालाई पक्राउ गर्नुका साथै उनीहरुले प्रयोग गरेका सवारी साधन समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीका भैरहवा भन्सार कार्यालयमा बुझाएको छ ।
प्रहरीले ओमसतिया गाउँपालिका वडा नम्वर ४ बसन्तपुरमा चेक जाँच गर्ने क्रममा यु पी ५३ ए एन १८७६ नम्बरको भारतीय मोटरसाईकलको पिछा गर्दै जांदा भन्सार छली चोरी पैठारी गरी ल्याएर सिद्धार्थ नगरनगरपालिका वडा नम्वर ९ मा भाडामा लिएको घरमा राखेको ६३६ थान जिन्स सर्ट बरामद गरेको हो ।
प्रहरीले कपडा संगै भारत सुनौली महाराजगंज घर भई सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा घर भाडामा लिई बस्ने बर्ष २१ को रहेन कुरैसी, रोहिणी गाउँपालिका २ बस्ने बर्ष २५ को कमरुद्दिन खान, सुनौली भारत बस्ने बर्ष २१ को रेहमद कुरैसी, भारत सुनौली बस्ने बर्ष १९ को भोला रौनियार र भारतीय मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । वरामद भएको सामान र उनीहरुलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएकोमा मोटरसाईकलको रु ५० हजार र ६३६ थान शर्टको २ लाख ५४ हजार ४०० गरी जम्मा रु ३ लाख ४ हजार ४०० मूल्य कायम भएको प्रहरीले जनाएको छ ।


यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका वडा नम्वर २ मा चेक जांच गर्ने क्रममा भारतबाट भन्सार छली चोरी पैठारी गरी लु २ च २६९६ नम्बरको छोटा हात्ती गाडीमा नेपाल तर्फ ल्याउंदै गरेको १६ बोरा आलु र १४० मिटर टेण्टको कपडा बरामद गरेको छ ।


सामान सहित गाडी चालक रोहिणी गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष ४५ को मुक्तार अहमद र उनका सहयोगी सोही गाउँपालिका बस्ने बर्ष १८ को राकुमार मौर्य समेतलाई पक्राउ गरी आवश्यक कारवाहीकालागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एबम सूचना अधिकारी धर्मराज भण्डारीले जानकारी दिनुभयो । प्रहरीका अनुसार भन्सार कार्यालयले आलु र कपडाको मूल्य १० लाख ३८ हजार कायम गरेको छ ।

≪ Previous Post

ग्रामीण विकास लघुवित्तको बजेट समिक्षा गोष्ठी

Next Post ≫

भैरहवामा भारतीय जीपको ठक्करबाट थारु दम्पत्तिको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क