Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलको विकासका लागि बेलायत सरकारसंग समझदारी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको विकासका लागि बेलायत सरकारसंग समझदारी

संसारपोस्ट संवाददाता · १७ भाद्र २०७६ · 0
बुटवलको विकासका लागि बेलायत सरकारसंग समझदारी
60
SHARES
ShareTweet


बुटवल १७ भाद्र
बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) र बुटवल उपमहानगरपालिका बीच विकासका लागि नेपाल सहरी उत्थानशीलता परियोजना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बुटवलको विकासका लागि महत्वपूर्ण मानिएको उक्त परियोजनामा मंगलबार एक समारोहका बीच दुवै पक्षबीच समझदारी भएको हो ।
समझदारीपत्रमा बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयका स्थायी सचिव म्याथु रिक्रफ्ट र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हस्ताक्षर गरेका छन् ।
यो परियोजनाले तीनवटा महत्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखेको छ । बुटवल सहरको सुद्धृढीकरणका लागि आर्थिक वृद्धिलाई परियोजनाले पहिलो प्राथमिकतामा राखेको छ । त्यस्तै दोस्रो प्राथमिकतामा पूर्वाधार निर्माण र तेस्रो प्राथमिकतामा संस्थागत क्षमता विकासलाई राखिएको छ ।
परियोजनामा हस्ताक्षरपछि बोल्दै डिएफआईडीका स्थायी सचिव म्याथु रिक्रफ्टले परियोजनाको मुख्य लक्ष्य समृद्ध सहर निर्माणको सपना साकार पार्नु रहेको बताए । बुटवललाई उत्थानशील सहर बनाउन प्रभावकारी र सक्षम संस्था पहिलो शर्त भएको भन्दै उनले यसका लागि परियोजनाले काम गर्ने बताए । त्यस्तै वातावरण संरक्षणका लागि हरित क्षेत्र निर्माण, सबैका लागि सेवा प्रवाह, सुरक्षित आवास, खानेपानीको सहज पहुँच, उचित सडक, शिक्षादीक्षाका लागि परियोजना सफल हुने उनले विश्वास व्यक्त गरे ।
त्यस्तै स्थानीय अर्थतन्त्रको समृद्धिका साथै अन्य स्थानीय तह र प्रदेशहरुसँग कनेक्टिभिटीलाई परियोजनाले अगाडि बढाउने उनले बताए । “समृद्ध र समुन्नत सहर कसरी बनाउन सकिन्छ भनेर गहिरो समझदारीका साथ काम गर्ने हाम्रो इच्छा छ”–रिक्रफ्टले भने ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले संस्थागत क्षमता विकाससँगसँगै बुटवलको आर्थिक समृद्धि र मानवीय तथा भौतिक विकासका लागि यो परियोजना कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे । समझदारीपत्रमा हस्ताक्षर गर्न आयोजित समारोहमा डिएफआईडीका स्थायी सचिव रिक्रफ्ट, उपकार्यकारी निर्देशक नथनल बेभवलगायतको टोली सहभागी थियो ।
यो परियोजनाले बुटवल उपमहानगरपालिकाको मानवीय र भौतिक विकासलाई सँगसँगै जोडेर लैजान सहयोग पु¥याउने बुटवल –उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।
कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले परियोजना सफल रुपमा कार्यान्वयन भए बुटवल आर्थिकरुपले समृद्ध हुने भन्दै यसका लागि निजी क्षेत्रको समेत साथ र सहयोग लिएर अघि बढिने बताउनु भयो ।

≪ Previous Post

रुपन्देहीको मणिग्राममा गुणस्तरीय शिक्षाकालागि टिम्स् एजुकेशनल सेन्टर

Next Post ≫

ग्रामीण विकास लघुवित्तको बजेट समिक्षा गोष्ठी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क