बुटवल १२ भाद्र
मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखा पढी व्यवसायी कमल प्रसाद पाण्डेलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले पाण्डे द्धयलाई सेवाग्राहीसंगवाट १ लाख २० हजार नगद रुपैया घुष लिदै गर्दा रंगेहात पक्राउ गरेको बताएको छ ।
सेवाग्राहीको जग्गा नामसारी र पूर्जा बनाईदिने भन्दै उक्त रकम लिदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका सुचना अधिकृत सुरेश भुसालले बताउनु भयो ।
ढकाल पाण्डे लेखापढी कार्यालयमा रकम बझदै गर्दा उनिहरुलाई अख्तियारको टोलीले पक्राउ गरेको जनाएको छ । दुवै जनालाई थप कारवाहीका लागि शुक्रवार आयोगको केन्द्रिय कार्यालय टंगाल काठमाण्डौ पठाईने बताईएको छ ।
