Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भ्रमण वर्ष सफल बनाउन बहस र छलफल जरुरी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भ्रमण वर्ष सफल बनाउन बहस र छलफल जरुरी

संसारपोस्ट संवाददाता · ११ भाद्र २०७६ · 0
भ्रमण वर्ष सफल बनाउन बहस र छलफल जरुरी
80
SHARES
ShareTweet


बुटवल, ११ भदौ । प्रदेश सरकारले शुरु गरेको लुम्बिनी भ्रमण वर्ष र नेपाल सरकारले घोषणा गरेको सन २०२० को नेपाल भ्रमण वर्ष सफल बनाउन सरोकारवाला निकायसंग छलफल र बहस चलाउन जरुरी रहेको एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन् ।
भ्रमण वर्षको घोषणा गर्ने तर सरोकारवाला निकासंग समन्वय नगरिकन अगाडी बढेमा त्यस्ता कार्यक्रम सफल नहुने पनि उनीहरुले औल्याएका छन् ।
पर्यटकहरुसंग सम्बन्धित होटल व्यवसायी, टाभल्स व्यवसायी, यातायात व्यवसायी, स्थानिय निकाय, संचार माध्यम, लगायतलाई समेटेर बहस र छलफल गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।
घोषणा गर्दैमा कुनै पनि कार्यक्रम सफल नहुने भन्दै उनीहरुले घोषणासंगै सफलताका लागि चाहिने पूूर्वाधारमा पनि ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
बुटवलको सुख्खानगरमा बुधवार देखि शुरु भएको पानीगाँउ रेष्टुरेण्ट एण्ड बारको उदघाटन समारोहमा वोल्दै होटल तथा रेष्टुरण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले जिल्लामा पर्यटन व्यवसायमा पछिल्लो समयमा लगानी बढ्दै जानु खुशीको कुरा भएको भन्दै व्यवसायलाई उपभोक्ता मैत्री बनाउन आग्रह गर्नु भयो ।
४ जनाको लगानीमा बुटवलमा दोस्रो शाखाका रुपमा पानीगाँउ रेष्टुरेण्ट संचालनमा ल्याएको संचालक गोपाल पन्थले बताउनु भयो ।
कार्यक्रममा संघका महासचिव माधव कुमार खनालले रुपन्देही जिल्लामा पर्यटन व्यवसायीका लागि उपयुक्त वातावरण भएकाले लगानी बढ्दै गएको धारणा राख्नु भयो ।
त्यसैगरि ईटाभटृीमा शुरु भएको रेसुङ्गा पार्टी प्यालेसको उद्घाटन गर्दै होटल व्यवसायी महासंघ नेपालका सस्थापक अध्यक्ष माधव नेपालले पेशाको धर्म र मर्मलाई कायम राखी व्यबसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले दिल्लीमा दिएको परिकारलाई बुटवलमा पनि उपलब्ध गराउन सके पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताउनु भयो ।
पार्टी प्यालेसका सञ्चालक गिरिप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव माधवकुमार खनाल, व्यबसायी ध्रुवप्रसाद पोखरेल, संघका सचिव मोहनलाल पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

≪ Previous Post

गुल्मीका पहिरो प्रभावितलाई आर्थिक सहयोग

Next Post ≫

स्व. अधिकारीको परिवारलाई उवासंघले ५लाख५ हजार आर्थिक सहयोग गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क