Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लैङ्गिकताका मुद्धालाई प्राथमिकता दिन सुझाव
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लैङ्गिकताका मुद्धालाई प्राथमिकता दिन सुझाव

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0
लैङ्गिकताका मुद्धालाई प्राथमिकता दिन सुझाव
50
SHARES
ShareTweet


बुटवल, ८ भदौ । लैङ्गिकमैत्री वातावरण निर्माणका लागि लैङ्गिकमैत्री नीति र कानून निर्माण गर्न जरुरी रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । सञ्चारिका समूह लुम्बिनीले आइतबार बुटवलमा आयोजना गरेको लैङ्गिकमैत्री नगर हाम्रो रहर बिषयक अन्तरक्रिया तथा तीज मिलन कार्यक्रमका सहभागिहरुले लैङ्गिकताका मुद्धा ओझेलमा परेकाले लैङ्गिकमैत्री नीति र कानून निर्माण गरी कार्यान्वयन गर्न आवश्यक रहेको औंल्याएका हुन् ।
बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना र देबदह नगरपालिकाको सहयोगमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेबी आचार्यले लैङ्गिकमैत्री नगर बनाउने योजना अनुरुप महिला शसक्तिकरण अभियान चलाएको बताउनुभयो । उहाँले महिलाहरुलाई आत्मनिर्भर बनाउन उद्यमशिलता र सिपमुलक कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
देबदह नगरपालिकाका उपप्रमुख बिद्यालक्ष्मी गुरुङले लैङ्गिकमैत्री नगर निर्माणका लागि महिला शसक्तिकरण जरुरी रहेको बताउनुभयो । उहाँले मधेसी, मुस्लिम र दलित महिलाहरुको अवस्था कमजोर रहेकाले आयआर्जन र उद्यमशिलतासंग जोडेर नगरपालिकाले कार्यक्रम तयार पारेको बताउनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै गैर सरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्माले लैंङ्गिक मैत्री नगर निर्माणका लागि स्पष्ट रणनीति निर्माण गरी नीति तथा कार्यविधि कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।
टिप्पणीकर्ता मिनाक्षी न्यौपानेले स्थानीय तहमा महिलाहरुले पाएको अवसरलाई उपलब्धिकारुपमा बदल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सञ्चारिका समूह प्रदेश ५ का अध्यक्ष पार्वती पाण्डे, संस्थाका सल्लाहकार अमृता अनमोल, सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष निरु गौतमले नेपालको संबिधानले महिला अधिकारको विषयलाई मौलिक हककोरुपमा मान्यता दिएपनि कार्यान्वयनमा ध्यान नदिदा लैङ्गिकताका मुद्धा ओझेलमा परेको बताउनुभयो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष डिपी खनाल, संस्थाका उपाध्यक्ष मिना ढकाल, महासचिब बिन्दु थापा, अधिकारर्मीहरु राधा भट्टराई, रिति सेन, सरीता श्रीसा लगायतले बोल्दै स्थानीय तहले लैङ्गिकताका मुद्धालाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिनुभयो ।

≪ Previous Post

धमिलो पानीमा माछा मार्न पल्केकाहरु धर्म र वंशजका नाममा सल्बलाई रहेका छन : संचारमन्त्री बास्कोटा

Next Post ≫

चितवनमा प्रदर्शनकारी माथि अश्रु ग्याँस प्रहार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क