Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ धमिलो पानीमा माछा मार्न पल्केकाहरु धर्म र वंशजका नाममा सल्बलाई रहेका छन : संचारमन्त्री बास्कोटा
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

धमिलो पानीमा माछा मार्न पल्केकाहरु धर्म र वंशजका नाममा सल्बलाई रहेका छन : संचारमन्त्री बास्कोटा

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0
धमिलो पानीमा माछा मार्न पल्केकाहरु धर्म र वंशजका नाममा सल्बलाई रहेका छन : संचारमन्त्री बास्कोटा
150
SHARES
ShareTweet

बुटवल ८ भाद्र
सञ्चार तथा सूचना प्रविधी मन्त्री गोलकूलप्रसाद बास्कोटाले धमिलो पानीमा माछा मार्न पल्केका तत्वहरु कहिले धर्मका नाममा, कहिले वंशजका नाममा सल्बलाई रहेको बताउनु भयो । उहाँले् गणतन्त्र खतरामा नरहेपनि हमला गर्ने तत्वहरु सक्रिय रहेको उल्लेख गर्नु भएको छ । जनताको त्याग, तपस्या र बलिदानले ल्याइएको गणतन्त्र त्यति सजिलै नढल्ने बताउँदै उहाँले हमला गर्ने तत्वहरुसँग सचेत रहन सबैलाई आग्रह समेत गर्नु भयो ।
प्रेस सेन्टर रुपन्देहीले आईतवार साँझ बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल सम्बन्धी विधेयकबाट सञ्चारकर्मीहरु नडराउन आग्रह गर्नु भयो । उहाँले कानूनमा रहेर काम गर्ने कुनै पनि मिडियाकर्मीलाई त्यसले असर नगर्ने दावि गर्नु भयो ।
‘मिडियालाई नियन्त्रण होइन, नियमन गर्ने हो ।’–उहाँले अघि ‘सरकारप्रति होइन, देश र जनताप्रति मिडिया जिम्मेवार हुनु पर्नेमा जोड दिनु भयो । जिम्मेवार भएर लेख्ने पत्रकारलाई सरकारले स्वतन्त्र छोडिदिने धारणा राख्नु भयो ।
मिडियाले न्यायधिशको काम नगर्न आग्रह गर्दै मन्त्री बास्कोटाले सोसल मिडियामा देखिएको विकृती रोक्न सरकारले ल्याएको विधेक पारित हुने अवस्थामा पुगेको जानकारी गराउनु् भयो । नागरिक स्तरबाटै सोसल मिडियाको दुरुपयोग रोक्नुपर्ने भन्दै उहाँले सरकारको एक्लो पहलले मात्रै नहुँने उल्लेख गर्नु भयो । पछिल्लो समय पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणका बारेमा सामाजिक सञ्जालमा छाएको विकृतितर्फ संकेत गर्दै उहाँले ‘भिडले कानूनलाई नियन्त्रण गर्न नसक्ने भन्दै कुनै पनि घटनाको कानून् अनुसार छानविन तथा अनुसन्धान हुन्छ, कोही चिच्याएर रोकिदैन उहाँको कथन थियो ।

≪ Previous Post

थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ

Next Post ≫

लैङ्गिकताका मुद्धालाई प्राथमिकता दिन सुझाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क