Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ चितवनमा प्रदर्शनकारी माथि अश्रु ग्याँस प्रहार
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चितवनमा प्रदर्शनकारी माथि अश्रु ग्याँस प्रहार

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0
चितवनमा प्रदर्शनकारी माथि अश्रु ग्याँस प्रहार
60
SHARES
ShareTweet


चितवन, ८ भदौ । आत्महत्या दुरुत्साहनको आरोप लागेका रवि लामिछानेको रिहाइको माग गर्दै चितवन जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शनमा उत्रिएका हरुमाथि प्रहरीले अश्रुग्यांस प्रहार गरेको छ । प्रदर्शनकारीले कार्यालयमा ढुंगामुढा गर्न थालेपछि आइतबार साँझ प्रहरीले अश्रुग्यांस प्रहार गरेको हो । प्रहरीका अनुसार प्रदर्शनकारीले गरेको ढुंगा प्रहारबाट चारजना प्रहरी घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
न्युज २४ का टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनजना विरुद्ध जिल्ला अदालत चिवतनमा आइतबार ‘आत्महत्या दुरुत्साहन’ मुद्दा दायर भएको छ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा पत्रकार द्वय लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्की विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मुद्दा दायर गरेको हो ।
उक्त मुद्दामा आइतबारबाटै अभियुक्तहरुमाथि बयान सुरु भएको छ । तीनमध्ये एक अभियुक्त अस्मिता कार्कीको बयान सकिएको छ भने लामिछाने र कँडेलको बयान सोमबारलाई सरेको जिल्ला अदालत चितवनले जनाएको छ । कार्कीको जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा बयान भएको थियो । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । लामिछानेसहित तीनै जनालाई प्रहरी हिरासतमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार दिउसो अनुसन्धान सकेर आफ्नो रायसहित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि लामिछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । पुडासैनी चितवनको एक होटलमा दुई साताअघि झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए

≪ Previous Post

लैङ्गिकताका मुद्धालाई प्राथमिकता दिन सुझाव

Next Post ≫

आजको राशिफल (०९ भाद्र २०७६ सोमवार )

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क