Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बजार बिस्तार गर्नुहोस् इन्धन अभाव हुंदैन : आयल निगम
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बजार बिस्तार गर्नुहोस् इन्धन अभाव हुंदैन : आयल निगम

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0
बजार बिस्तार गर्नुहोस् इन्धन अभाव हुंदैन : आयल निगम
90
SHARES
ShareTweet

इन्धनकालागि निगम धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ : ब्यवसायी



नवलपरासी, ८ भदौ । नेपाल आयल निगम ५ नम्वर प्रदेश प्रादेशिक कार्यालय भलवारी रुपन्देहीले पश्चिमाञ्चल क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव नहुने बताएको छ ।
यस क्षेत्रका पेट्रोलियम ब्यवसायीहरुलाई पेट्रोलियम पदार्थको बजार बिस्तार गर्न आग्रह गर्दै नेपाल आयल निगम ५ नम्वर प्रदेश प्रादेशिक कार्यालय भलवारीका प्रमुख ईन्जिनियर सूरज शाहले यस क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव हुन नदिने प्रतिवद्धता जनाउनु भएको हो ।
आर्थिक बर्ष २०७५÷७६ मा भएको पेट्रोलियम पदार्थको बिक्री बितरणको समिक्षा, २०७६÷७७ को रणनीति तर्जुमा र पेट्रोलियम पदार्थ सहज र प्रभावकारी रुपमा कसरि उपलब्ध गराउन सकिन्छ भन्ने बिषयमा निगम र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले संयुक्तरुपमा संचालन गरेको जिल्लागत समिक्षा तथा ब्यवसायी भेला कार्यक्रम अन्तर्गत नवलपरासीमा शनिवार आयोजित भेलामा निगम प्रमुख शाहले निगमको वितरण प्रणालीमा विगतमा भन्दा धेरै सुधार भएको बताउनु भयो ।


निगम र ब्यवसायी एकआपसमा मिलेर निगम भित्रका समस्या समाधान गर्नुपर्नेमा जोड दिदै प्रमुख शाहले पेट्रोलियम ब्यवसायलाई सुरक्षित र मर्यादित बनाउंदै निगमको भण्डारण क्षमता बृद्धि गर्ने तयारीमा लागेको जानकारी गराउनु भयो । निकट भविष्यमै भलवारी डिपोमा ५ वटा अन्डरग्राउण्ड टँकी राख्ने, लोडिङ्ग पोइण्ट बढाउने र भारतको गोण्डा डिपो बाट पेट्रोलियम पदार्थ आयात गरेपछि बितरण प्रणाली थप प्रभावकारी र सहज हुने प्रमुख शाहले बताउनु भयो ।
यस्ता खालका अन्तरक्रियात्मक कार्यक्रमले ब्यवसायी र निगम बिचको सम्वन्ध थप प्रगाढ हुने र निगमलाई पनि ब्यवसायीका सुझाव अनुसार परिमाजर्न गर्न टेवा पुग्ने भएकाले कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै प्रमुख शाहले ब्यवसायीको माग अनुसार भौचरलाई अनलाईन प्रणाली प्रक्रियामा लैजाने तयारीमा रहेको बताउनु भयो ।


कार्यक्रममा निगमका प्रबन्धक शैलेन्द्र भुसालले भलवारी डिपोको भण्डारण क्षमता कम भएपनि ब्यवसायीहरुको माग अनुरुप सहजरुपमा ईन्धन उपलब्ध गराउन प्रयत्नशिल रहेको बताउनु भयो । भलवारी डिपोमा पेट्रोल १ लाख ४० हजार लिटर, डिजल ३० लाख ५० हजार लिटर र मट्टितेल ३ लाख ७९ हजार लिटर स्टक राख्ने भण्डारण क्षमता रहेको प्रबन्धक भुसालले जानकारी गराउनु भयो । उहांका अनुसार यसरी स्टक भएको इन्धनमा पेट्रोल १ दिन भन्दा कम, डिजल ३ दिन र मट्टितेल ६० दिन सम्मलाई मात्र माग सम्बोधन गर्न सकिने असहज परिस्थितिका बावजुद पनि ब्यवसायीहरुको माग अनुसार सहज रुपमा वितरण प्रणालीलाई ब्यवस्थापन गरिएको बताउनु भयो । भलवारीको डिपोको भण्डारण क्षमता बृद्धि गरेर ब्यवसायीको मागलाई सम्बोधन गर्ने गरी निगम आन्तरिक सुधारको अभियानमा लागेको समेत प्रबन्धक भुसालले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश ५ का प्रदेशसभा सदस्य बैजनाथ जैसवालले ब्यवासायीका समस्या समाधानका लागि आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने बताउनु भयो । उहांले अहिले पेट्रोलियम ब्यवसायीहरुले इन्धनका लागि विगतमा जस्तो समस्या र झमेला ब्यहोर्न नपरी सहज रुपमा इन्धन प्राप्त गरेको सुन्दा खुशी लागेको भन्दै सहज ब्यवस्थापनका लागि निगम र एशोसिएसन बधाईका पात्र रहेको बताउनु भयो ।
नवलपरासीको भुमही स्थित नेचर रे रिभर भ्यू रिसोर्टमा आयोजित पेट्रोलियम ब्यवसायी भेलामा बोल्दै पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले आयल निगमको बर्तमान नेतृत्वले निगमको आन्तरिक सुधारदेखि ब्यवसायीका माग सम्बोधन गर्न धेरै राम्रा काम गरेको बताउनु भयो । पम्पमा ईन्धन कम आउने समस्या धेरै हदसम्म समाधान भएको छ र ब्यवसायीलाई निगममा नगई भौचरकै आधारमा इन्धन वितरणको ब्यवस्था भएको छ भन्दै अध्यक्ष न्यौपानेले थप सुधारका लागि भण्डारण क्षमता र लोडिङ्ग पोइण्ट बढाउन माग गर्नुभयो ।
उहांले निगमले ईन्धन ढुवानी गर्न सम्झौता गरेका ट्याँकरहरु मापदण्ड विपरित संचालन भएका र नापतौल तथा गुणस्तर कार्यालयले पनि चेकजाँच नगरेको भन्दै अन्य गाडीको जस्तै ती गाडीको पनि मापदण्ड चेक जाँच हुनुपर्ने बताउनु भयो ।
एशोसिएसनका नवलपरासी जिल्ला प्रतिनिधि राजेश गुप्ताको अध्यक्षता र महासचिव हरिराम कशौधनको संचालनमा भएको कार्यक्रममा निगमका सहायक प्रबन्धक बालकृष्ण राय र जवाहर यादवले इन्धनको अपरेशन कार्य, पम्पको भौतिक पुर्वाधार, अग्नी सुरक्षा तथा पेट्रोल र डिजलको तापक्रम चेकजाँच गर्ने तरिकाका बिषयमा ब्यवसायीहरुलाई सहजिकरण गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा एशोसिएसनका बरिष्ठ उपाध्यक्ष हिमाल गैरे, उपाध्यक्ष योगेन्द्र गुप्ता, कोषाध्यक्ष बिशाल गैरे, ब्यवसायीहरु बिरेन्द्र यादव, ओमप्रकाश चौधरी, कृष्णनारायण श्रेष्ठ, एशोसिएसनका कार्यसमिति सदस्य लोकप्रसाद भुसाल, दिनेश न्यौपानेलगायतले बोल्दै निगमको बर्तमान नेतृत्वका कारण यस क्षेत्रका ब्यवसायीकालागि कालो दिनको अन्त्य भएर सेता दिनको आगमन भएको बताउनु भयो । उहांहरुले भौचरको अन्त्य गरी अनलाईन प्रणालीमा जानुपर्ने, कमिशन बृद्धि गर्नुपर्ने, सानातिना प्रविधिक कमी कमजोरीलाई लिएर ब्यवसायीलाई आतंकित बनाउने कामको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागि ब्यवसायीहरुले सुनवल नगरपालिकाले पेट्रोलियम ब्यवसायीहरुलाई २० हजार कर निर्धारण गरेर अन्याय गरेको भन्दै कर घटाएर ५ हजार कायम गराउन प्रदेशसभा सदस्य बैजनाथ जैसवाललाई ध्यानाकर्षण गराएका थिए ।

≪ Previous Post

पामिरलाई अन्तराष्ट्रिय स्कुल अवार्ड

Next Post ≫

तिनाउ मिशनको एकिकृत कारोवार शुरु, बैंक तथा बित्तिय संस्था जनताको सम्पति हो : गभर्नर नेपाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क