Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ पामिरलाई अन्तराष्ट्रिय स्कुल अवार्ड
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पामिरलाई अन्तराष्ट्रिय स्कुल अवार्ड

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0
पामिरलाई अन्तराष्ट्रिय स्कुल अवार्ड
40
SHARES
ShareTweet


बुटवल , ८ भाद्र
पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ रुपन्देहीले ब्रिटिस काउन्सिलले प्रदान गर्ने ‘अन्तर्राष्ट्रिय स्कूल अवार्ड’ (आइएसए) हात पारेको छ । विद्यालयले गर्दै आएका क्रियाकलापको आधारमा पाउने अवार्डबाट पहिलो पटक पामिर एकेडेमी सम्मानित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईंले बताए ।
अन्तर्राष्ट्रिय स्कुल अवार्ड देशभरका ४१ वटा विद्यालयले पाएका छन् । स्कुल अपार्ड हात पारेपछि विद्यालयले विद्यालयले अभिभावक र विद्यार्थीसँग खुशीयाली साटासाट गरेको थियो । सन् २०१२ बाट ब्रिटिस काउन्सिलले अवार्ड प्रदान गर्दै आएको छ । नेपालमा शिक्षा मन्त्रालयमार्फत ब्रिटिस काउन्सिलले विद्यालयलाई अवार्ड प्रदान गर्दै आएको विद्यालयका सहप्राचार्य गोपाल गौतमले जानकारी दिए ।
यो अवार्डले विद्यालयको छविलाई थोरै भए पनि माथि उकास्नमा सहयोग पुगेको विद्यालयले जनाएको छ । विद्यालयले गरेको अथक मिहेनत र परिश्रमको फल पाएको अर्का सहप्राचार्य रविराज काफ्लेले बताए । ९ वटा परियोजनामा पामिर एकेडेमीले भाग लिएको थियो । यो वर्ष अवार्ड दाबी गर्न नेपालबाट ७२ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
हरेक तीन÷तीन वर्षमा अवार्डको अवधि सकिने हुँदा विद्यालयले अवार्ड पाइसकेपछि यसलाई निरन्तरता दिनु निकै चुनौतीपूर्ण रहेको सहप्राचार्य काफ्लेले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईंले विद्यालयले अन्तर्राष्ट्रियस्तरको अवार्ड पाएको भन्दै खुसी व्यक्त गरे । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनको लागि हर प्रयास जारी राख्ने उनको भनाइ छ ।
उक्त अवार्डबाट विद्यार्थीहरूलाई बाह्य ज्ञान र सीपसम्बन्धी जानकारी हुने हुँदा विद्यालयको शैक्षिक विकासमा टेवा पुग्ने उनले विश्वास दिलाए । आइतबार विद्यालयमा आयोजित कार्यक्रममा परियोजनामा सहभागी विद्यार्थी, आइएस लिडर, शिक्षिका लगायतलाई कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा–२ का वडाअध्यक्ष दधिराम गौतमले सम्मान गरेका थिए । त्यस अवसरमा उनले यो अवार्डलाई कायम राख्दै शिक्षा क्षेत्रमा महत्वपूर्ण उपलव्धि हासिल गर्न आग्रह गरे । कार्यक्रममा सहायक प्राचर्यद्वय गोपाल गौतम, रविराज काफ्ले, औद्योगिक प्रतिष्ठान पाँच नम्बर प्रदेश कार्यालयका प्रमुख मुकुन्द ज्ञवाली, विद्यार्थी प्रतीक्षा खराललगायतले विद्यालयले प्राप्त गरेको उपलव्धिबारे चर्चा गरेका थिए ।

≪ Previous Post

गुल्मीको शान्तिपुरमा नेपाल बैंकको १६४ औं शाखा

Next Post ≫

बजार बिस्तार गर्नुहोस् इन्धन अभाव हुंदैन : आयल निगम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क