Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पत्रकार अधिकारीको स्मृतिमा ३ लाखको अक्षयकोष स्थापना
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकार अधिकारीको स्मृतिमा ३ लाखको अक्षयकोष स्थापना

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७६ · 0
पत्रकार अधिकारीको स्मृतिमा ३ लाखको अक्षयकोष स्थापना
70
SHARES
ShareTweet

परिवारलाई ५ लाख क्षतिपुर्ती र छोरा छोरीलाई तिलोत्तमा नगरपालिकाले पढाउने


बुटवल, ६ भदौ । सवारी दुर्घटनामा मृत्यु भएका रुपन्देहीका पत्रकार डायलसन अधिकारीको स्मृतिमा तिलोत्तमा नगरपालिकाले पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गर्ने भएको छ ।
पत्रकार अधिकारीको निधन भएको सातौं दिनको पुण्य तिथिमा शुक्रबार तिलोत्तमा नगरपालिकाले अधिकारीकै निवास तिलोत्तमा ३ मा आयोजना गरेको शोक सभामा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेले नगरपालिकाले पत्रकार अधिकारीको स्मृतिमा तीनलाख रुपैयाँको ‘डायलसन अधिकारी स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष’ स्थापना गर्ने निर्णय गरेको जानकारी गराउनु भयो ।
नगर प्रमुख घिमिरेले अक्षय कोषको ब्याज आम्दानीबाट प्रत्येक वर्ष एकजना उत्कृष्ट पत्रकारलाई कम्तीमा २५ हजार राशीसहित उक्त पुरस्कार प्रदान गरिने बताउनु भयो ।
नगरपालिकाले अधिकारीको स्मृतिमा पत्रकारिता अक्षयकोष स्थापना संगै अधिकारीको परिवारलाई राहतस्वरुप नगद पाँच लाख रुपैयाँ तत्काल दिने निर्णय समेत गरेको नगर प्रमुख घिमेरेले बताउनु भयो ।
यसका साथै नगरपालिकाले स्वर्गीय अधिकारीकी श्रीमतीलाई योग्यता अनुसार नगरपालिकामा रोजगारीको अवसर तथा एक छोरा तथा एक छोरीलाई स्नातक तहसम्म रुपन्देहीका शिक्षणसंस्थामा उनीहरुले चाहेको विषयमा निःशुल्क पढाइदिने निर्णय समेत गरेको नगरप्रमुख घिमिरेले जानकारी गराउनु भयो ।

उहांले स्वच्छ पत्रकारिता गर्ने पत्रकार अधिकारीको सम्मान, पत्रकारितामा गरेको योगदान र अधिकारीको नाम वर्षौंसम्म सम्झना गराइराख्न डायलसन अधिकारी स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरिएको बताउनु भयो । पुरस्कार छनौटका लागि तिलोत्तमा नगरपालिका, पत्रकार महासंघ रुपन्देही र अधिकारी परिवारका प्रतिनिधि रहेको छनोट समिति र कार्यबिधि समेत बताउनु भयो । पत्रकार अधिकारीको तिलोत्तमा नगरपालिकाले आगामी असोज दोस्रो हप्ता आयोजना गर्नलागेको लगानी सम्मेलनका विषयमा प्रचार प्रसार पूर्वी नेपालका उद्योगी व्यवसायीसँग छलफलका लागि बिराटनगर र झापा जाने क्रममा साउन ३२ गते शनिबार सप्तरीमा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।
शोक सभामा नगरपालिकाको कार्यपालिका वैठकले पारित गरेको शोकप्रस्ताव नगरका प्रवक्ता सुरेन्द्र श्रीले पढेर सुनाउनु भएको थियो ।
यस्तै मृतक पत्रकार अधिकारीका परिवारका तर्फबाट बोल्दै कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले तिलोत्तमा नगरपालिकाले स्वर्गीय अधिकारीको सम्मानमा गरेका निर्णयहरुले परिवारलाई ठूलो राहत मिलेको बताउनुभयो ।

≪ Previous Post

स्वर्गीय पत्रकार अधिकारीको अभाव सधै खड्की रहनेछ !

Next Post ≫

सचेतक ढकालको घरमा बम विष्फोट गराउने तीनजना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क