Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ स्वर्गीय पत्रकार अधिकारीको अभाव सधै खड्की रहनेछ !
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वर्गीय पत्रकार अधिकारीको अभाव सधै खड्की रहनेछ !

संसारपोस्ट संवाददाता · ६ भाद्र २०७६ · 0
स्वर्गीय पत्रकार अधिकारीको अभाव सधै खड्की रहनेछ !
80
SHARES
ShareTweet

बुटवल, ६ भदौ । सवारी दुर्घटनामा मृत्यु भएका रुपन्देहीका पत्रकार डायलसन अधिकारी प्रति सम्मान प्रकट गर्दै शुक्रबार रुपन्देहीका बिभिन्न संघसंस्थाले श्रद्धाञ्जली सभा गरेका छन् ।

शुक्रबार अधिकारीको निवासमा नेपाल प्रेस युनियन रुपन्देही र नेपाल पत्रकार महासंघले अलग अलग समयमा श्रद्धाञ्जली सभा गरेका हुन् ।

पत्रकार अधिकारीको निधन भएको सातौं पुण्य तिथिमा युनियन र महासंघले शोक सभाको आयोजना गरेर स्वर्गीय अधिकारी प्रति भावपुर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समबेदना ब्यक्त गरेका हुन् ।

नेपाल प्रेस युनियन रुपन्देहीका सल्लाहकार अधिकारीको निधनमा युनियनले आयोजना गरेको श्रद्धाञ्जली सभामा युनियन रुपन्देहीकी सभापति रेखा भुसालले शालिन स्वभावका अधिकारी पेशा प्रति ईमान्दार र कर्तव्यनिष्ठ हुनुको साथै लामो समयदेखि युनियनका बिभिन्न पदमा रहेर ईमान्दारिपूर्वक काम गरेकाले उहाँको अभाव सधै खड्की रहने बताउनु भयो ।

शोक सभामा युनियनका सल्लाहकार हरि लम्सालले पत्रकार अधिकारीको निधले प्रेस युनियन मात्रै नभएर सिंगो समाज नै शोकमग्न भएको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यले स्वर्गीय पत्रकार अधिकारी निश्पक्ष पत्रकारिता गर्ने र सबैसंग मिलनसार रहेको बताउँदै उहाँले देखाएको बाटोमा हिड्न सकेमात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।

यस्तै पत्रकार महासंघ रुपन्देहीका सदस्य अधिकारीको निधन प्रति सम्मान र श्रद्धा ब्यक्त गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको शोक सभामा महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले पत्रकार अधिकारीको निधले सिंगो पत्रकारिता जगतलाई नै क्षेती पुगेको बताउनुभयो ।
शोक सभामै महासंघका अध्यक्ष जिसीले पत्रकार अधिकारीको परिवारको राहतका लागि विभिन्न संघसंस्थासंग समन्वय गरेर संकलन गरिएको नगद ५० हजार रुपैयाँ स्वर्गीय अधिकारीको परिवारलाई हस्तान्तरण गरेको महासंघका सचिव रामप्रसाद अधिकारीले बताउनु भयो ।


शोकसभामा स्वर्गीय अधिकारीका परिवारका सदस्य तथा कपिलबस्तु शिवराज नगरपालिकाका प्रमुख नेत्रप्रसाद अधिकारीले आफ्नो भाई पत्रकार अधिकारीले छोटो समयमा परिवारलाई मात्र नभएर समाजलाई नै एउटा अमिट छाप छोडेर गएको आफूले महसुस गरेको र भाईको सम्मानमा पत्रकार महासंघ लगायत अन्य संघसंस्थाले गरेको मानविय, सामाजिक र आर्थिक सहयोग तथा सदभावका लागि सबैमा आभार व्यक्त गर्नुभयो ।

≪ Previous Post

आजको मौसम

Next Post ≫

पत्रकार अधिकारीको स्मृतिमा ३ लाखको अक्षयकोष स्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क