Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कारबाहीको माग गर्दै स्थानीयद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कारबाहीको माग गर्दै स्थानीयद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0
कारबाहीको माग गर्दै स्थानीयद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन
80
SHARES
ShareTweet


हरिश ढकाल
बुटवल, ५ भदौ । केहिदिन अघि मणिमुकुन्द सेन उद्यानको चितुवाको खोरमा लुकाई राखेको अवस्थामा फेला परेको काठका दोषिमाथि तत्काल कडा कारबाहीको माग गर्दै बिहिबार स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । फुलबारी भित्र चितुवाको खोरमा र बाहिर फेला परेको ३७ थान काठका गोलियाहरु लुकाउने मणिमुकुन्द सेन उद्यान समिति, पदाधिकारी र कर्मचारीमाथि छानविन नगरि घटनालाई अन्यत्रै मोड्न खोजेको भन्दै बुटवल उपमहानगर वडा नम्बर १ र २ का आम उपभोक्ता एवं सर्वसाधारणले बिरोध प्रदर्शन गरेका हुन ।
काठ तस्कर र भ्रष्टाचारीलाई कारबाहीका लागि दवाव दिने उद्देश्यले आयोजित सो कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानीय प्रशासन र जिल्ला वन कार्यालयले मणिमुकुन्द सेन उद्यान फुलवारी परिसर भित्र जथाभावी अबैध रुपले रुख कटान गरिएको भन्दै दोषिलाई हदैसम्मको कारबाहीको माग गरिएको थियो । कार्यक्रममा बक्ताहरुले सो काठ तस्करीमा मणिमुकुन्द सेन उद्यान समिति, पदाधिकारी र कर्मचारीको मिलोमतो रहेको दावी गर्दै समितिका पदाधिकारीले राजीनामा दिई छानविनका लागि मार्ग प्रसस्त गर्नुपर्ने समेत माग गरेका छन् ।
सो बिरोध प्रदर्शन तथा भण्डाफोर कार्यक्रमममा तत्कालिन बुटवल सामुदायिक वन उपभोक्ता समूहका निर्वाचित अध्यक्ष माधवप्रसाद प्रधान, उपाध्यक्ष जुद्ध बहादुर केसी, सदस्य बिष्णुमान श्रेष्ठ, सल्लाहकार टिकाराम शर्मा लगाएतका बक्ताहरुले मणिमुकुन्द सेन उद्यान समिति, वडा नम्बर १ र २ का वडाध्यक्ष, कर्मचारी र केही वन तस्करहरुको मिलेमतोमा सो क्षेत्रको वन पैदावार, ढुंगा, माटो लगाएतका पदार्थहरु तस्करी भैरहेको आरोप लगाउनु भयो । प्रहरी प्रशासन एवं जिल्ला वन कार्यालयले कारबाहीको प्रकृया अघि बढाउनु पर्ने कुरामा वक्ताहरुको जोड थियो ।

≪ Previous Post

दाङमा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता सुरु

Next Post ≫

इन्टलेक्च्युअलका विद्यार्थीले गरे बिरामीलाई सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क