Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ दाङमा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता सुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दाङमा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता सुरु

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0
दाङमा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता सुरु
80
SHARES
ShareTweet

नवलपरासीको बिजयी शुरुवात : दाङ ३–० गोलअन्तरले पराजित



दाङ, ५ भदौ । प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता बिहिबारदेखि दाङमा शुरु भएको छ ।
प्रतियोगिताको उदघाटन खेलमा आयोजक जिल्ला दाङलाई पराजित गरी नवलपरासीले बिजयी शुरुवात गरेको छ ।
नवलपरासीले दाङलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । उदघाटन खेलमा दाङका विरुद्ध ३ गोल गरेर नवलपरासीका सुरज आले मगरले ह्याट्रिक गरेका छन् । मगरले खेलको पहिलो हाफको ६ मिनेटमा कर्नरबाट आएको बललाई हेडमार्फत गोल गरेका थिए । त्यस्तै खेलको ३०औं मिनेट दोश्रो गोल र दोश्रो हाफको ८८औं मिनेटमा अर्को गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार २ वटा खेल हुने छन् । शुक्रवारको पहिलो खेल बिहान रोल्पा र बर्दियाबिच हुने छ भने अपरान्ह बाँके र रुपन्देहीबिच खेल हुने आयोजकले जनाएको छ ।
भदौ १२ गतेसम्म संचालन हुने लिग प्रतियोगितामा प्रदेश ५ का विभिन्न ६ जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टीमले २ लाखसहित कप र उपविजेताले १ लाख पुरस्कार पाउने छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ बेलझुण्डी रंगशालामा सुरु भएको प्रतियोगिताको प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उदघाटन गर्नुभयो । सो अवसरमा बोल्दै मन्त्री बरालले खेलकुदको समग्र विकासका लागि प्रदेश सरकार लागि परेको बताउनुभयो । मन्त्री बरालले खेलकुदको पूर्वाधार र खेल क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो ।
खेल स्वास्थ्यका लागि मात्रै नभई राष्ट्रको गरिमा उँचो बनाउने बलियो आधार भएको हुँदा आगामी पुस्ताले खेल क्षेत्रबाट सिक्ने गरी खेलाडी उत्पादन गर्ने काममा सरकार गम्भिरताका साथ लागि परेको मन्त्री बरालले बताउनुभयो ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले काठमान्डौं केन्द्रित रहँदै आएको लिग पहिलो पटक मोफसलमा शुरुवात गरिएकामा खुशी ब्यक्त गर्दै नयाँ खेलाडी उत्पादनका लागि यस प्रकारका लिग अन्यस्थानमा पनि गर्दै जाने एन्फाको योजना रहेको बताउनुभयो ।
एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले नयाँ प्रतिभाहरुका लागि यस प्रकारका खेलहरु कोशेढुंगा सावित हुने धारणा राख्नुभयो । प्रदेश लिग संचालक समिति संयोजक भुपेन्द्र विक्रम थापा पुकारको अध्यक्षतामा उदघाटन कार्यक्रम भएको थियो ।

≪ Previous Post

सरकारी जागिरे र जनप्रतिनिधिलाई महासंघको सदस्यता नदिइने

Next Post ≫

कारबाहीको माग गर्दै स्थानीयद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क