Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आयल निगमको वितरण प्रणालीप्रति गुनासो छैन : ब्यवसायी
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

आयल निगमको वितरण प्रणालीप्रति गुनासो छैन : ब्यवसायी

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0
आयल निगमको वितरण प्रणालीप्रति गुनासो छैन : ब्यवसायी
80
SHARES
ShareTweet


भण्डारण क्षमता बृद्धि र भौतिकपूर्वाधारको काम हुंदैछ : आयल निगम


कपिलवस्तु, ५ भदौ । नेपाल आयल निगम प्रादेशिक कार्यालय भलवारीको वितरण प्रणाली राम्रो रहेको ब्यवसायीहरुले बताएका छन् । ईन्धनको बितरण प्रणालीमा सुधार भएजस्तै निगमको आन्तरिक ब्यवस्थापनमा समेत सुधार गर्न ब्यवसायीहरुले सुझाव दिएका छन् ।
नेपाल आयल निगम भलवारी, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन र कपिलवस्तु जिल्लाका पेट्रोलियम ब्यवसायी बिच बुधबार कपिलवस्तुमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागि ब्यवसायीहरुले निगम भित्र खाने पानी, शौचालय तथा हाहुरी चल्दा र पानी पर्दा ओतिने ठाउं समेत नभएकाले तत्काल ब्यवस्था गर्न निगम ब्यवस्थापन पक्षसंग आग्रह गरेका छन् ।
माग अनुसार सबै ब्यवसायीलाई समान हिसावले ईन्धन उपलब्ध गराएकोमा निगमका प्रमुख र कर्मचारीहरुको प्रशंसा गर्दै ब्यवसायीहरुले लोडिङ्ग पोईण्ट बढाउन र आफुले राखेको धरौटी रकमको बोनस तथा प्रतिफलको ब्यवस्था मिलाउन समेत माग गरेका छन् ।


पेट्रोलियम ब्यवसायीले सामान्य गल्ती कमजोरी गर्दा पम्पमा सिल र ब्यवसायीलाई जेलसम्म हाल्नेजस्ता कारवाही हुने गरेको तर जानी जानी ट्याँकरमा तेल कम गर्ने ट्याँकर चालक र मालिकलाई कुनै कारवाही नभएको भन्दै ब्यवसायीहरुले गुनासो गरेका छन् । कारवाही प्रक्रियामा विभेद नगर्न उनीहरुको आग्रह छ ।
यस्तै ब्यवसायीहरुले अनलाईन मार्फत भौचर भर्ने ब्यवस्था मिलाउन, कमिसन रकम बृद्धि गर्न, निश्चित समयअवधिकालागि उधारोमा ईन्धन दिने ब्यवस्था मिलाउन तथा ट्याँकरमा ईन्धन कम आउने गरेकाले मुल्य अनुसार पुरा ईन्धन आउने ब्यवस्था मिलाउन माग गरेका छन् । ट्याँकरले पम्पमा पेट्रोलियम पदार्थ ढुवानी गर्दा विगतमा धेरै कम परिमाणमा इन्धन आउने गरेकोमा पछिल्लो समय निगमको सक्रियतामा लसको मात्रा धेरै घटेको भन्दै ब्यवसायीहरुले लसको मात्रा न्युनिकरण भएपनि निराकरण नभएकाले निराकरणकालागि पहल गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले आयल निगमसंगको समन्वयमा भलवारी डिपोबाट हुने वितरण प्रणाली के कसरी छिटो छरितो र प्रभावकारी वनाउन सकिन्छ र एशोसिएसनले ब्यवसायी हितका लागि खेलेको भूमिकाका बारेमा जानकारी गराउन भेलाको आयोजना गरिएको बताउनु भयो ।


एशोसिएसनको पहल र निगमको सक्रियतामा ब्यवसायीहरुले माग अनुसार प्रशस्त इन्धन पाएको, लसको मात्रा घटेको, विगतमा जस्तो ईन्धन अभावको समस्या झेल्नु नपरेको भन्दै अध्यक्ष न्यौपानेले ट्याँकरमा ईन्धन कम आए ब्यवसायी आफै सचेत भएर सम्वन्धित गाडी चालक वा मालिकबाट क्षतिपुर्ति लिन ब्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
निगमको वर्तमान नेतृत्वले यस क्षेत्रमा ईन्धनको अभाव हुन नदिन र ब्यवसायीको माग अनुसार ईन्धन आपुर्ति गर्न खेलेको भूमिका प्रशंसनिय रहेको भन्दै अध्यक्ष न्यौपानेले निगमले भारतको गोण्डा डिपोबाट पेट्रोलियम पदार्थ आयात गरेपछि वितरण प्रणालीमा थप सुधारहुने विश्वास ब्यक्त गर्नुभयो । उपभोक्तामुखी भएर ब्यवसायको प्रवद्र्धन गर्नु ब्यवसायीको धर्म र ध्येय हो भने उपभोक्ताले तिरेको मूल्य अनुसारको परिमाण दिनु हाम्रो दायित्व भएकाले यसमा तलमाथि नगर्न ब्यवसायीहरुलाई अध्यक्ष न्यौपानेले सचेत गराउनु भयो ।
कार्यक्रममा नेपाल आयल निगम ५ नम्वर प्रदेश प्रदेशिक कार्यालय भलवारीका प्रमुख इन्जिनियर सूरज शाहले ब्यवसायीको माग अनुसार छिटै डिपो लोड बढाईने र सेवाग्राहीलाई सुविधा पुग्नेगरी भौतिकपूर्वाधार निर्माणका काम समेत अगाडी बढाईने बताउनु भयो ।
निगम भित्र सुधारका काम निरन्तर भैरहेको भन्दै प्रमुख शाहले ब्यवसायी र निगम बिच हुने यस्ता अन्तरक्रियात्मक कार्यक्रमले निगम भित्र र ब्यवसायीमा रहेका कमीकमजोरीलाई सुधार गर्दै सहकार्य गरेर अगाडी बढ्न टेवा पुग्ने बताउनु भयो ।
निगमका प्रबन्धक शैलेन्द्र भुसालले निगमले सबै ब्यवसायी प्रति समान ब्यवहार गरेको र सबै पम्पमा पुरा परिमाणमा ईन्धन पठाएको भन्दै जुन गाडीमा जति कम इन्धन आउंछ त्यति मूल्य गाडीलाई तिराउन ब्यवसायीलाई आग्रह गर्नुभयो ।
इन्धन ढुवानी गर्ने ट्याँकरहरुमा नियमित चेक जाँच भएको, गाडीहरुमा पनि धेरै सुधार आएको, गल्ती कमजोरी गर्ने गाडीहरुलाई कारवाही गरिएको भन्दै प्रवन्धक भुसालले कहि कतै समस्या आए निगममा सम्पर्क गर्न र आफ्नो सुरक्षामा ध्यान दिन ब्यवसायीलाई आग्रह गर्नुभयो ।
डिमाण्ड र भौचर समयमा उपलब्ध गराउन ब्यवसायीलाई आग्रह गर्दै प्रवन्धक भुसालले निगम भित्र भण्डारण क्षमता बढाउने तयारी भएको र आधुनिक खालको क्यान्टिन, शैचालय र खानेपानीको ब्यवस्थापनका लागि वजेट विनियोजन भई निर्माणका लागि टेण्डर प्रक्रियासमेत भैसकेको जानकारी गराउनु भयो ।
एशोसिएसनका कपिलवस्तु जिल्ला प्रतिनिधि ढुण्डीराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निगमका प्रवन्धक बालकृष्ण राय, एशोसिएसनका बरिष्ठ उपाध्यक्ष हिमाल गैरे, प्रथम उपाध्यक्ष योगेन्द्र गुप्ता, द्वितीय उपाध्यक्ष रजनिशराज आचार्य, महासचिव हरिराम कसौधन, कोषाध्यक्ष बिशाल गैरे, सहसचिव अशोक अग्रहरी, सदस्य लोकप्रसाद भुसाल, दिनेश न्यौपाने, अस्लाम खान, बिजय जैसवाललगायतले बोल्दै इन्धनमा भैरहेको कमीलाई निराकरण गर्न ब्यवसायी र चालक बिच अन्तरक्रिया कार्यक्रम गर्ने ब्यवस्था मिलाउन र निगमबाट सिधै कलकारखानालाई ईन्धन नदिई पम्पबाट लैजाने ब्यवस्था मिलाउन माग गर्नुभयो ।
ब्यवसायी र निगम बिच यस्ता खालका कार्यक्रम निगम मातहतका सबै जिल्लामा गर्ने कार्यक्रम रहेको निगमले जनाएको छ । कपिलवस्तु जिल्लामा गत आर्थिक वर्ष २०७४÷७५ मा भन्दा आर्थिक बर्ष २०७५÷७६ मा डिजल र पेट्रोल बढि बिक्री भएको छ । आर्थिक बर्ष २०७४÷७५ मा पेट्रोल ७३ लाख ५१ हजार १४१ लिटर र डिजल ३ करोड ५१ लाख ३८ हजार ९६६ लिटर विक्री भएको छ भने आर्थिक बर्ष २०७५÷७६ मा पेट्रोल ९३ लाख २ हजार २३१ लिटर र डिजल ३ करोड ७७ लाख ७१ हजार १२९ लिटर विक्री भएको निगमले जनाएको छ । निगमका अनुसार आर्थिक बर्ष २०७५÷७६ कपिलवस्तुमा पेट्रोल १९ लाख ५१ हजार ९० लिटर र डिजल २६ लाख ३२ हजार १६३ लिटर बढि बिक्री भएको छ ।

≪ Previous Post

लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव

Next Post ≫

सरकारी जागिरे र जनप्रतिनिधिलाई महासंघको सदस्यता नदिइने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क