Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0
लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव
90
SHARES
ShareTweet

बुटवल ५ भाद्र
प्रदेश ५ सरकारले मनाई रहेको लुम्बिनी भ्रमण वर्ष तथा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउने लक्ष्य सहित होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले दोस्रो सडक खाना महोत्सव आयोजना गर्ने भएको छ ।
संघले आउदो पुष १४ गते देखि १६ गते सम्म ३ दिने सडक खाना महोत्सव गर्ने भएको संघका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयोे ।
सडक खाना महोत्सव बुटवलमा आयोजना गरिने र गत वर्षको अनुभवलाई मध्य नजर गरि यस वर्ष सडक खाना महोत्सवलाई थप व्यवस्थित गरिने महा सचिव माधव कुमार खनालले बताउनु भयो ।
गत वर्ष आयोजना गरिएको एक दिवशीय खाना महोत्सवमा ५५वटा व्यवसायीक स्टलको व्यवस्था गरिएको थियो भने डेढलाख दर्शकले अवलोकन गरि १ करोडको कारोवार भएको संघका कोषाध्यक्ष टंक प्रसाद पराजुली प्रकाशले बताउनु भयो ।
यस वर्षको खाना महोत्सवमा २ लाख दर्शकलाई अवलोकन गराई ३ करोडको कारोवार गर्ने लक्ष्य लिएको समेत कोषाध्यक्ष पराजुलीले बताउनु भयो ।
खाना महोत्सवमा विभिन्न जात जातीका खानाका परिकारका साथै बुटवललाई चिनाउने गरि विशेष परिकार उपभोक्तालाई पस्किने गरि तयारी गर्न शुरु गरिएको अध्यक्ष जिसीले बताउनु भयो ।
यसै बीच संघको बिहिवार वसेको बैठकले महिलाहरुको महान चाड हरितालिका तीजलाई सभ्य र व्यवस्थित तवरले मनाउने गरि यही भाद्र ८ गते आईतवारका दिन बुटवलको ईटाभर्टी स्थित एशियन पार्टी प्यालेसमा आयोजना गर्ने निर्णय गरिएको कार्यक्रम संयोजक वाबुराम गौतमले बताउनु भयो । संघले आयोजना गरेको तीज मिलन कार्यक्रमा महिला दिदी बहिनीहरुलाई उपस्थितीका लागि कार्यक्रककी सहसंयोजक लक्ष्मी रिजालले आहवान गर्नु भएको छ ।
यसैबीच होटल तथा रेष्टुरेण्ट व्यवसाय पर्यटन व्यवसाय भएकाले यस व्यवसायलाई मर्यादित र उपभोक्ता मैत्री बनाउन संघले साप्ताहिक रुपमा अनुगमनलाई तिब्रता दिएको विकृति विसंगती न्यूनिकरण उप समितिका संयोजक विष्णु अधिकारीले बताउनु भयो ।

≪ Previous Post

पाँच नम्बर प्रदेश मजदुर संगठनको नेतृत्वमा कंडेल

Next Post ≫

आयल निगमको वितरण प्रणालीप्रति गुनासो छैन : ब्यवसायी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क