Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अरुणखोलामा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अरुणखोलामा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा

संसारपोस्ट संवाददाता · ३ भाद्र २०७६ · 0
अरुणखोलामा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा
50
SHARES
ShareTweet


नवलपरासी, ३ भदौ । पूर्व पश्चिम राजमार्गको अरुणखोलामा अवरुद्ध सडक मंगलबार विहानदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
प्रहरीका अनुसार एकतर्फी सडक खुलाउने र डाइभर्सन मर्मतको काम समेत चलिरहेकोले दिउँसोसम्ममा दुवैतर्फी सडक सञ्चालनमा आउनसक्ने सम्भावना रहेको छ ।
आइतवार सांझ ५ बजेपछि लगातारको वर्षाका कारण अरुणखोलामा पानीको सतह बढेपछि गाडी बगाउने जोखिम हुन नदिन डाइभर्सनमा गाडी गुडाउन रोक लगाइएको थियो ।
३६ घण्टा पछि यातायात सञ्चालनमा आएको छ तर, सवारी साधनहरुको भिडका कारण ठाउँठाउँमा ट्राफिक जाम हुँदा अर्को समस्या थपिने गरेको छ ।
गत बुधबार विहान साढे ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको बायाँ साइडमा ठक्कर दिदा पुलको पूर्वदक्षिणको १० मिटर भाग डेढ मिटर गहिरो भासिएको छ ।
पुल भासिएको १ साता वितिसक्दा पनि त्यसलाई मर्मतको लागि कुनै पहल हुन सकेको छैन भने एक सातामा अझै पक्की डाइभर्सन समेत बन्न सकेको छैन ।
यस अघि नवलपरासीमै गैडाकोटको जयश्री खोला, प्रगतिनगरको लोकाहा खोला र दलदलेको भौलाहा खोला भाचिएर महिनौंसम्म यातायात आवागमनमा समस्या भएको थियो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीमा रहेका अधिकांश फलामे पुलहरु ६० बर्ष नाघिसकेका र जीर्ण अवस्थामा पुगेको भए पनि पुल मर्मतको नाममा रंग रोगन लगाउने र नटहरु कसेर मात्र छाड्ने गर्दा बस ट्रकका सामान्य ठक्करबाट पनि पुलहरु भाँचिने गरेको छ । यहाँका अधिकांश पुलहरु फेर्नु पर्ने अवस्थामा रहेका छन् ।

≪ Previous Post

नवलपरासीमा ११ बर्षीया बालिका बलात्कृत : ६० बर्षीय वृद्ध पक्राउ

Next Post ≫

बसको ठक्करबाट चोरमारामा साइकल यात्रीको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क