रामकुमार श्रेष्ठ
नवलपरासी, ३ भदौ । नवलपरासीको सुनवलबाट ११ बर्षीया बालिकालाई १ महिनादेखि बलात्कार गरेको आरोपमा प्रहरीले ६० बर्षीय वृद्धलाई पक्राउ गरेको छ ।
बाबुआमा सम्पर्क विहिन भएपछि ठुलो बुवाको घरमा बस्दै आएकी ११ बर्षीया बालिकालाई उनकै ठूलो बुवाले बलात्कार गर्ने गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ठुलो बुवाले आफ्नो भाइको छोरीलाई पैसाको प्रलोभन आदि देखाई जबरजस्ती करणी गर्ने गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।
नवलपरासीमा ११ बर्षीया बालिका बलात्कृत : ६० बर्षीय वृद्ध पक्राउ
संसारपोस्ट संवाददाता
·
३ भाद्र २०७६
·
0