Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुद्धमुर्ती तोडफोड घटनामा एआइजीको नेतृत्वमा छानबिन समिति गठन गर्न माग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुद्धमुर्ती तोडफोड घटनामा एआइजीको नेतृत्वमा छानबिन समिति गठन गर्न माग

संसारपोस्ट संवाददाता · २ भाद्र २०७६ · 0
बुद्धमुर्ती तोडफोड घटनामा एआइजीको नेतृत्वमा छानबिन समिति गठन गर्न माग
100
SHARES
ShareTweet


बुटवल, २ भदौ । राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीको तिलोत्तमामा राखिएका बुद्धमुर्ती तोडफोड घटनाको छानबिन गर्न एआइजीको नेतृत्वमा टोली गठन गर्नुपर्ने माग गरेको छ ।
गौतमबुद्धको जन्मस्थल रुपन्देहीमै पाँच वटा बुद्धमुर्ती तोडफोड भएको घटनालाई सरकारले हल्का रुपमा लिएर प्रहरी नायव उपरिक्षकको नेतृत्वमा छानबिन टोली गठन गरेको भन्दै सो पार्टीले एआइजीको नेतृत्वमा छानबिन टोली गठन गर्न माग गरेको हो ।
बुद्धमुर्ती तोडफोड भएको एक महिना बितिसक्दा समेत तोडफोडमा संलग्नलाई कानूनी दायरामा नल्याएको बिरोधमा राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले सोमबार तिलोत्तमाको मणिग्राममा आयोजना गरेको खबरदारी तथा बिरोधसभालाई संबोधन गर्दै सो पार्टीका उपमहासचिव तथा विदेश बिभाग प्रमुख टोप अस्लामीले यस्तो माग गर्नुभएको हो ।
बुद्धका फोटा बेचेर र बुद्धकै नामबाट आय आर्जन गर्ने सरकारले बुद्धका मुर्ती तोडफोडको घटनालाई सामान्य रुपमा लिएको भन्दै उहांले घटना घटेको एक महिना बितिसक्दा समेत तोडफोडमा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारले तदारुकता नदेखाउनु दुर्भाग्यपूर्ण भएको टिप्पणि गर्नुभयो ।
दोषीलाई कानूनी कार्बाही नभए सामाजिक सद्भाव विथोलिन सक्ने भन्दै उहांले मुलुकमा सामाजिक सद्भाव खल्बलिए त्यसको जिम्मेवारी बर्तमान सरकारले लिनुपर्ने बताउनुभयो ।
बुद्धमुर्ती तोडफोडको घटनाप्रति संघीय सरकारका संचार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाको अभिव्यक्तिले सरकारले यो घटनालाई समान्य रुपमा लिएको प्रस्ट हुने भन्दै उहांले राष्ट्रिय विभुतिका मुर्तीहरु तोडफोड जस्तो गम्भिर बिषयलाई हल्का रुपमा नलिन सरकारलाई चेतावनी दिनुभयो ।
कार्यक्रममा बोल्दै पुर्व सांसद बिनोद पहाडीले बुद्धमुर्ती तोडफोडमा संलग्नलाई कानूनी दायरामा ल्याउन प्रदेशका मूख्यमन्त्रीले सूरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको भनि आफुले सञ्चार माध्यम मार्फत थाहा पाएको भन्दै मुख्यमन्त्रीको निर्देशन कार्यान्वयन नभएको हो की मुख्यमन्त्रीको चाहना नभएको हो भनि प्रश्न गर्नुभयो ।
राष्ट्रिय जनमुक्ति पार्टीका प्रदेश अध्यक्ष झमबहादुर गुरुङ्गले जेसिभी र घनको प्रयोग गरेर राजमार्गमा रहेका बुद्धका मुर्तीहरु तोडफोड हुँदा पनि अपराधिहरु पक्राउ नपर्नु दुर्भाग्यपूर्ण रहेको बताउनुभयो ।
बुद्धकै नाम जोडेर प्रदेश सरकारले लुम्बिनी भ्रमण बर्ष मनाई रहेको अवस्थामा बुद्धका मुर्ती तोडफोडको घटनामा प्रदेश सरकार मौन रहेकोमा उहांले आपत्ति जनाउनुभयो ।
राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अधयक्ष प्रेमबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा क्रान्तिकारी (माओवादी) का पोलिट्व्यूरो सदस्य केबी गुरुङ्ग, राष्ट्रिय मुस्लिम परिषदका अध्यक्ष डा. हाजी महमद हसन, राष्ट्रिय महिला मोर्चा केन्द्रीय महासचिव गिता सारु, नेपाल मगर बौद्ध सेवा समाज तिलोत्तमाका अध्यक्ष पूर्णबहादुर बलाल, जनमुक्ति पार्टी रुपन्देहीकी उप सचिव यानु पुन लगायतले मुर्ती तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गर्नुभएको थियो ।
यसैबीच बुद्धका मुर्ती तोडफोड भएको एक महिना बितिसक्दा समेत दोषि पत्ता लगाउने तर्फ सरकारले बेवास्ता गरेको भन्दै जनमुक्ति पार्टीका नेता कार्यकर्ता सडकमै सुतेर बिरोध जनाएका थिए ।
प्रदर्शनकारीहरु सडकमै सुतेर बिरोध जनाएपछि केहीबेर सिद्धार्थ राजमार्गको बुटवल–बेलहीया खण्डमा सवारी आवागमन अबरुद्ध भएको थियो ।

≪ Previous Post

प्रदेश ५ का ११ जिल्लामा १०५ वटा सिसिटीभी जडान

Next Post ≫

नवलपरासीमा ११ बर्षीया बालिका बलात्कृत : ६० बर्षीय वृद्ध पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क