Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश ५ का ११ जिल्लामा १०५ वटा सिसिटीभी जडान
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ का ११ जिल्लामा १०५ वटा सिसिटीभी जडान

संसारपोस्ट संवाददाता · २ भाद्र २०७६ · 0
प्रदेश ५ का ११ जिल्लामा १०५ वटा सिसिटीभी जडान
90
SHARES
ShareTweet

क्यामराको अनुगमन र मर्मतमा ध्यान दिन मुखयमन्त्रीको निर्देशन



बुटवल, २ भदौ । प्रदेश ५ का ११ जिल्लामा १०५ वटा सिसिटिभी जडान गरिएको छ ।
दुर्घटना न्युनिकरण र ट्राफिक ब्यवस्थापनमा सहजता ल्याउन प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश ५ को रोल्पा जिल्ला बाहेक ११ जिल्लामा सिसिटिभी जडान गरिएको हो ।
सवारी साधनको अत्यधिक चांप र दुर्घटनाको समेत उच्च जोखिम रहेको बुटवल नगर क्षेत्रमा जडान गरिएका ८ वटा सिसिटिभी क्यामराको ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा राखिएको कन्ट्रोलरुमको सोमबार प्रदेश सरकारका मुख्यमन्त्री शँकर पोखरेलले एक कार्यक्रमका बिच उदघाटन गर्नुभयो ।
सो अवसरमा आयोजित कार्यक्रममा ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मधुसुदन लुईटेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विनियोजित गरेको तीन करोड बजेटबाट ११ जिल्लामा सिसिटिभी क्यामरा जडानमा दुई करोड ६० लाख खर्च भएको र बाँकी ४० लाख रुपैयाँ मन्त्रालयमा फिर्ता पठाइएको प्रतिबेदन प्रस्तुत गर्नुभयो ।
प्रतिबेदन प्रस्तुत गर्दै प्रहरी उपरीक्षक लुईटेलले ११ जिल्लामा १ सय ४० वटा सिसिटिभी जडान गर्नुपर्नेमा हालसम्म १ सय ५ वटामात्र जडान भएको र बुटवलमा पनि थप सिसिटिभी क्यामरा जडान गर्न आवश्यक रहेको जानकारी गराउनु भयो ।
प्रदेशका ४५ स्थान ट्राफिक ब्यवस्थापन र दुर्घटनाका हिसावले निकै बढी सम्वेदनशील क्षेत्र भएकाले ती स्थानमा यसैवर्ष सिसिटिभी जडान गर्नुपर्ने आवश्यक्ता रहेको प्रहरी उपरिक्षक लुईटेलले बताउनु भयो ।
सिसिटिभी क्यामरा कन्ट्रोलरुमको उदघाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शँकर पोखरेलले ट्राफिक व्यवस्थापनसंगै सुरक्षाका दृष्टिले समेत सिसिटिभी क्यामरा उपलव्धिमूलक हुने बताउनु भयो । उहांले क्यामरा जडान भन्दा पनि यसको अनुगमन र मर्मतसम्भारमा बिशेष ध्यान दिन जरुरी रहेको बताउनु भयो ।


मुख्यमन्त्री पोखरेलले ट्राफिक व्यवस्थापन गर्न असहज हुने स्थान र सवारी चेकजाँच गर्ने प्वाईन्टमा सिसिटिभी जडान गर्नुपर्ने बताउँदै सो गर्न सकेमा प्रहरीमाथि जुन आरोप लाग्ने गरेको छ त्यो अन्त्य हुने उल्लेख गर्नुभयो ।
ट्राफिक व्यवस्थापन, दुर्घटनाको जानकारी, हिट एण्ड रनको निगरानी र अपराधी पत्ता लगाउन सिसिटिभी क्यामरा सहयोगी हुने भन्दै मुख्यमन्त्री पोख्रेलले ट्राफिक प्रहरीले सम्वेदनशील क्षेत्र भनेर किटान गरेका बाँकी ४५ स्थानमा सिसिटिभी जडानका लागि आवश्यक बजेट व्यवस्था गर्न आन्तरिक तथा कानुन मन्त्रालयलाई निर्देशन दिनुभयो ।
प्रदेश ५ का प्रहरी नायव महानिरिक्षक सुरेशविक्रम शाहले प्रदेशको शान्ति सुरक्षा र दुर्घटना नियन्त्रणका लागि प्रहरी प्रशासन २४ सै घण्टा संवेदनशील रहेको बताउनु भयो ।
५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक रामप्रकास शाहले प्रदेशमा जोडिएका सिसिटिभीको रेकर्डिङ क्षमता ९० दिनको रहने जानकारी दिनुभयो ।

≪ Previous Post

अरुणखोलाको बाढीले यातायात संचालनमा समस्या

Next Post ≫

बुद्धमुर्ती तोडफोड घटनामा एआइजीको नेतृत्वमा छानबिन समिति गठन गर्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क