नवलपरासी, ३ भदौ । नवलपरासीको चोरमारामा मंगलबार विहान बसको ठक्करबाट एक जना साइकल यात्रीको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ४८६ नम्बरको बसको ठक्करबाट साइकल यात्री भारतको मोतिहारी बलुवा घर भई हाल मध्यविन्दु नगरपालिका ७ चोरमारा बजारमा प्लाष्टिकको पसल गरी बसेका ३६ बर्षका मोहम्मद साहबिर आलमको मृत्यु भएको हो ।
उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा निधन भएको हो ।
त्यसैगरी सोही बसको ठक्करबाट ना ४५ प २१०७ नम्बरको मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका ७ निवासी ४८ बर्षीय भानुभक्त पंगेनी पनि घाइते भएका छन् । उनको बायाँ खुट्टामा चोट लागेको नवलपुर प्रहरीले जनाएको छ । उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।