Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ नेपाली काँग्रेसमा अनुशासनको संकट ः सभापति देउवा
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँग्रेसमा अनुशासनको संकट ः सभापति देउवा

संसारपोस्ट संवाददाता · २ भाद्र २०७६ · 0
नेपाली काँग्रेसमा अनुशासनको संकट ः सभापति देउवा
70
SHARES
ShareTweet

बुटवल, २ भाद्र
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीभित्र अनुशासनको संकट रहेको बताउनु भयो ।
उहाँले पार्टीका बैठकमा एउटा कुरा गर्ने वाहिर मिडियामा अर्कै कुरा गर्ने ,पार्टीको विधान विपरित वोल्न कसैलाई पनि छुट नभएको भन्दै अनुशासन पालना गर्न सवै नेताहरुलाई आग्रह गर्नु भयो ।
नेपाली काँग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा सोमवार रुपन्देहीको भैरहवामा आयोजित नेपाली काँग्रेस प्रदेश ५ का महाधिवेशन प्रतिनिधीहरुको प्रशिक्षण कार्यक्रममा वोल्दै सभापति देउवाले पार्टीमा गलत गर्नेलाई कारवाही र राम्रो गर्नेलाई प्रोत्साहन जरुरी रहेका औल्याउनु भयो ।
सभापति देउवाले सवैभन्दा बढीसमावेशी पार्टी नेपाली काँग्रेस भएपनि चुनावमा जित हासिल गर्न नसक्ने केवल समावेशीका नाममा चुनाव जितिन्छ भन्ने भावना त्याग्न पनि आग्रह गर्नु भयो । पार्टीकोआगामी नेतृत्व तर्फ ईन्गीत गदै सभापति देउवाले प्रतिष्पर्धामा आउपछि जस्ले बढीमत ल्याउछ उसैले नेतृत्व समाल्ने अवसर पाउने स्पष्ट पार्नु भयो ।
सभापति देउवाले वर्तमान दुई तिहाईको दम्भ वोकेको सरकारले गरेका असंवैधानिक कामका विरुद्ध पार्टी एकजुट भएर लाग्न जरुरी रहेको खुलासा गर्नु भयो । सरकार प्रजातन्त्र र लोकतन्त्रलाई समाप्त पार्ने दिशामा उद्धत भएको आरोप लगाउदै उहाँले संवैधानिक अधिकारलाई कुन्ठित गरेर जनताले पाएका मौलिक अधिकार हनन भैरहेकोमा सरकारको कडा टिप्पणी गर्नु भयो । उहाँले जताततै करैकर लगाएर सरकारले उद्योगी व्यवसायीहरुलाई क्रासमय बनाएको बताउदै सरकार विरुद्ध आन्दोलन गर्न पर्ने
अवस्था श्रृजना नर्गन आह्वान गर्नु भयो ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनुशासित, मर्यादित र जनताको भरोसाको पार्टीका रुपमा नेपाली काँग्रेसलाई अगाडी बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले पार्टी भित्र गुट उपगुट र नेता मुखी नभई सच्चा नेपाली काँग्रेस हुनु पर्नेमा जोड दिनु भयो ।
हरेक क्षेत्रमा दुई तिहाईको दम्भ वोकेको सरकारले विकास र समृद्धि दिन नसकेको र जनतालाई निरासा बनाएकोले नेपाली काँग्रेसले जनताको मन जितेर जनताको भरोसाको पार्टी बन्नु पर्ने धारणा राख्नु भयो । संबैधानिक र न्यायिक निकायलाई कमजोर वनाउने काममा सरकार लागेको छ भन्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्रको मुल मर्मलाई नै समाप्त पारेर मुलुक अगाडी बढन नसक्ने दावि गर्नु भयो ।
पार्टीका उपसभापति विमलेन्द्र निधीले आगामी ३ वर्ष पछि हुने निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउने गरि जनता माझ जान जरुरी रहेका औल्याउनु भयो । उहाँले सरकारले संविधान ,संघियता, समावेशीता र लोकतन्त्रलाई खतरा हुने गरि काम गरिरहेको टिप्पणी गर्नु भयो । अर्का उपसभापति विजय कुमार गच्छदारले आउदो तिन वर्ष पछि हुने निर्वाचनमा नेपाली काँग्रेसलाई मुलुकको पहिलो पार्टी जसले बनाउछ त्यसैले पार्टीको नेतृत्व समाल्नु पर्ने धारणा राख्नु भयो । त्यसका लागि नेपाली काँग्रेसमा वलियो एकता जरुरी रहेको पनि उहाँले औल्याउनु भयो । नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले पार्टीमा नया कार्यक्रमका साथ जनमत श्रृजनातर्फ अगाडी बढन जरुरी रहेका धारणा राखनु भयो ।
नेपाली काँग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणले सरकारका काम कारवाही संविधान विरोधी र सर्वसत्तावाद उन्मुख भएको टिप्पणी गर्नु भयो । नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा महिला नेतृ पुष्पा भुसाल लगायतले वोल्दै पार्टीलाई वलियो वनाउने तर्फ नेताहरु गम्भिर हुन जरुरी रहेको औल्याउनु भयो । प्रदेश ५ का १२ जिल्लावाट सहभागिता रहेको प्रशिक्षण कार्यक्रमा २ दिनसम्म संचालन हुने छ ।

≪ Previous Post

युगल आमा समूहको तीज विशेष कार्यक्रम

Next Post ≫

अरुणखोलाको बाढीले यातायात संचालनमा समस्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क