Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पत्रकार रवि लामिछाने पक्राउ
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पत्रकार रवि लामिछाने पक्राउ

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0
पत्रकार रवि लामिछाने पक्राउ
40
SHARES
ShareTweet


काठमाडौं, ३० साउन । जनतासँग सिधाकुरा कार्यक्रमका प्रस्तोता पत्रकार रवि लामिछाने पक्राउ परेका छन् । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनी पक्राउ परेका हुन् । लामिछाने संगै प्रहरीले पत्रकार युवराज कँडेललाई पनि पक्राउ गरेको छ । लामिछाने र कँडेललाई प्रहरीले बिहिबार न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले टेलिभिजनको कार्यालयबाटै उनीहरुलाई पक्राउ गरेको हो । चितवन प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई चितवन ल्याउने तयारी भैरहेको चितवनले जनाएको छ ।
पत्रकार लामिछाने र कँडेललाई केही दिनअघि आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनी र सो घटनाका बारेमा बुझ्न नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
पहिले न्युज २४ टेलिभिजनमा नै काम गरेका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि लामिछानेकै कारण जीवन त्याग गर्नुपरेको भिडियो रेकर्ड सार्वजनिक गरेका थिए । भिडियोमा पुडासैनीले लामिछानेसहित अर्का पूर्वसहकर्मी र एक युवती आफ्ना हत्यारा भएको गम्भीर आरोप लगाएका थिए ।
नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २१ गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

≪ Previous Post

७९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा

Next Post ≫

रोटरी पुरस्कारको लागि प्रस्ताव आह्वान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क