Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरी पुरस्कारको लागि प्रस्ताव आह्वान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी पुरस्कारको लागि प्रस्ताव आह्वान

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0
रोटरी पुरस्कारको लागि प्रस्ताव आह्वान
50
SHARES
ShareTweet

रोटरी पुरस्कारको लागि प्रस्ताव आह्वान
बुटवल, ३० साउन । रोटरी क्लब अफ बुटवलले वितरण गर्ने रोटरी सेवा पदकको विधा छनोट गरिएको छ ।
पदक तथा पुरस्कार छनोट उप समितिको बिहिवार बसेको वैठकले उक्त विधामा पुरस्कार प्रदान गर्ने निर्णय सहित पुरस्कारको लागि प्रस्ताव आह्वान समेत गरेको छ । रोटरी वर्ष २०१९÷२०२०को लागि नारी उत्थान र लैगिक समानता क्षेत्रमा समाजमा प्रेरणादायी कार्य गरेको व्यक्ति वा संस्थालाई पदक प्रदान गर्ने निर्णय भएको हो ।
रोटरी सेवा पदक व्यवस्थापन समितिको अध्यक्ष डा नारायण प्रसाद पन्थको अध्यक्षतामा बसेको बैठकले अक्टोवर १० तारिक भित्र पदकको लागि मनोनयन पेश गर्न समय तोकेको हो । नेपालका सबै रोटरी क्लब तथा जिल्ला प्रशासन कार्यालय मार्फत पदकको लागि मनोनयन गर्न सकिने छ ।
पुरस्कार, पदक छनोट उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष डा नारायण प्रसाद पन्थ, निर्वाचित अध्यक्ष सुनिल श्रेष्ठ सह संयोजक, पुर्व अध्यक्षको तर्फबाट अजयमान श्रेष्ठ सदस्य, गैर रोटरियन वरिष्ट पत्रकार वालकृष्ण चापागाई सदस्य, क्लवका सचिव रोमनाथ शर्मा सदस्य सचिव रहेका छन । पुरस्कारको राशि २ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रबाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट संजाल विस्तार गर्न सफल व्यक्तित्व महाविर पुनलाई पदक प्रदान गरिएको थियो ।
आर्थिक, सामाजिक र सामुदायिक क्षेत्रमा योगदान पुराएको कुनैपनि व्यक्ति वा संस्थाले पुरस्कारको लागि मनोनयन गर्न सक्ने व्यवस्था भएको पुर्व अध्यक्ष अजयमान श्रेष्ठले जानकारी दिनुभयो । शिक्षा, स्वास्थ्य सरसफाई र सामुदायिक कार्यहरु, सिप श्रृजना र विकास, गरिवी निवारण, जनोपयोगि खोज, नारी उत्थान र लैगिक समानता विषयमा रहेर क्लबले पुरस्कार प्रदान गर्दे आएको छ । पदक डिसेम्वर १ तारिखमा एक कार्यक्रम विच प्रदान गरिने रोटरी क्लब अफ बुटवलले जनाएको छ ।

≪ Previous Post

पत्रकार रवि लामिछाने पक्राउ

Next Post ≫

आजको राशिफल (३१ साउन, २०७६ शुक्रवार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क