काठमाडौं, ३० साउन । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) सरुवा गरेको छ ।
बिहिबार प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीको सरुवा गरिएको जनाएको छ ।
सरुवा सूची अनुसार रुपन्देहीका डिएसपी धर्मराज भण्डारीको ईटहरी सरुवा भएको छ । उहांको इलाका प्रहरी कार्यालय इटहरीको इन्चार्जमा सरुवा भएको हो । इटहरीका डिएसपी समीरचन्द्र खरेल संयुक्त राष्ट्रसंघीय मिसनमा जाने भएकाले सो ठाउं खाली भएको हो । भण्डारीको सरूवा भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डिएसपी वीरेन्द्र शाही आउदै हुनुहुन्छ ।
कसको सरुवा कहाँ ? (सूचीसहित)






