Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ३५ प्रतिशत जनता बैँक तथा वित्तीय संस्थाको पहुँच बाहिर : गभर्नर डा. नेपाल
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

३५ प्रतिशत जनता बैँक तथा वित्तीय संस्थाको पहुँच बाहिर : गभर्नर डा. नेपाल

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0
३५ प्रतिशत जनता बैँक तथा वित्तीय संस्थाको पहुँच बाहिर :  गभर्नर डा. नेपाल
140
SHARES
ShareTweet


बुटवल, ३० साउन । नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरन्जीवि नेपालले अति दुर्गम तथा विकट क्षेत्रमा अझै पनि बैंक तथा वित्तीय संस्थाको पहुज पुग्न नसकेको बताउनु भएको छ ।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को पांचौ बार्षिकोत्सव समारोहमा विहिवार बुटवलमा वोल्दै गभर्नर डा. नेपालले अति दुर्गम क्षेत्रमा पनि बैँक तथा वित्तीय संस्था विस्तारका लागि राष्ट्र बैंकले पहल गरिरहेको बताउनु भयो ।
उहाँले ८ हजार ५ सय ६४ वटा बैँक तथा वित्तीय संस्थाहरु नेपालमा रहेको भन्दै त्यति हुँदा हुदै पनि अझै ३५ प्रतिशत जनता बैँक तथा वित्तीय संस्थाको पहुँच बाहिर रहेको बताउनु भयो ।
७ सय ३५ स्थानीय तहमा बाणिज्य बैँक गइसकेको भए पनि अझै १८ स्थानमा जान बाँकी रहेको उहाँले बताउनु भयो । अझै पनि दुर्गम स्थानहरुमा वित्तीय साक्षरतामा समस्या रहेको भन्दै गर्भनर डा. नेपालले बैँकमा बचत गर्नुपर्छ भन्ने मानसिकताको समस्या देखिएको औल्याउनु भयो ।
उहाँले लघुवित्त वित्तीय संस्थाहरुका लागि केही मापदण्ड पुरा गरेपछि बैँक खोल्न पाउने कानुनी व्यवस्था रहेकाले ती कानुनी आधारहरु पुरा गर्न निर्देशन दिनु भयो । ‘तल्लो बर्गमा खर्च टार्ने समुदायलाई पनि व्यवसायी बन्न लघुवित्तिय संस्थाले उत्प्रेरणा दिइरहेका छन् त्यो सकारात्मक पक्ष हो ।’ उहाँको भनाई थियो ।
उहाँले लगानीका लागि समूह छनोट गर्दा सहि समूह छनोट भएमा ऋणी, क्षेत्र तथा लगानी गर्ने संस्था तीनै पक्ष लाभान्वित हुनेहुदा त्यसमा गम्भिर हुन बैक तथा वित्तिय क्षेत्रका लगानी कर्ताहरुलाई आह्वान गर्नु भयो ।
अतिदुर्गम तथा विकट क्षेत्रमा अझै पनि बैक तथा वित्तीय संस्थाको पहुच पुग्न नसकेको भन्दै त्यस तर्फ राष्ट्र बैँक गंभिर रहेको उहाँले बताउनु भयो ।


कार्यक्रममा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले निराशा जनक मर्जरको अवस्थाबाट लघुवित्त सकारात्मक सुचकतर्फ उन्मुख भएको बताउनु भयो । लघुवित्तमा रहेको ७६ करोड संचिती घाटाबाट हाल ९ करोडमा झार्न सफल भएको उहाँको दावी रहेको छ ।
उहाँले लद्युवित्तमा अस्वस्थ प्रतिष्पर्धा रहेको उल्लेख गर्दै चनाखो भएर काम गर्नुपर्ने अवस्था रहेको औल्याउनु भयो ।
नेपाल बैँक लिमिटेड प्रदेश ५ का प्रमुख पासाङ्ग दोर्जे शेर्पाले लघुवित्त वित्तिय संस्थाहरुले गरिवी निवारणमा पुर्याएको योगदान सह्रानीय रहेको बताउनु भयो । उहाँले त्यो दिशामा उत्तरदायी हिसावले संस्थाहरु लाग्नु पर्नेमा जोड समेत दिनु भयो ।
चौतारी लघुवित्तीय संस्थाका अध्यक्ष जगत पोखरेलले साविकका पाँचवटा विकास क्षेत्रमा सन्चालित ग्रामीण विकास बैँकलाई मर्ज गरेर बनाइएको ग्रामीण विकास लघुवित्तिय संस्थाको वित्तिय प्रगति उपलव्धी मुलक भएको बताउनु भयो ।
त्यस्तै संस्थाका कर्मचारी संघका अध्यक्ष नवराज ढकालले पाँच वटा ‘ब’ (बचत, विस्तार, व्यवस्थापन, बोनस, व्यवहारिक) को अवधारणामा काम गर्ने गरी अघि बढ्नु पर्नेमा जोड दिनु भयो । उहाँले सरकारले पनि लघुवित्तहरुको स्तरबृद्धिका लागि काम गर्नुपर्ने बताउनु भयो ।
यस्तै बार्षिकोत्सव समारोहमा बोल्दै कर्मचारी युनियनका अध्यक्ष रमेश जिसीले कर्मचारी भर्ना नगरी संस्था संचालनमा कठिनाइ हुने बताउनु भयो । २०५७ साल देखि कर्मचारी भर्ना नभएको उल्लेख गर्दै अध्यक्ष जिसीले नयाँ पुस्ताको नयाँ ज्ञान सहितको आगमन विना संस्थाले तोकिएको लक्ष्य प्राप्त गर्न नसक्ने धारणा राख्नु भयो ।
संस्थाका अध्यक्ष मणिक रत्न शाक्यको अध्यक्षता, कम्पनी सचिव दिपक प्रसाद पान्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बार्षिक उत्सवको अवसरमा वित्तिय संस्थाका विभिन्न शाखाका प्रमुख तथा उत्कृष्ट कर्मचारीलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।

≪ Previous Post

सत्यवतीका पहिरो पीडितलाई लिम्घा रुपन्देही समाजको ८ लाख बढि सहयोग

Next Post ≫

प्रधानमन्त्री ओली अस्वस्थ, नेकपा सचिवालयको बैठक स्थगित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क