Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सत्यवतीका पहिरो पीडितलाई लिम्घा रुपन्देही समाजको ८ लाख बढि सहयोग
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सत्यवतीका पहिरो पीडितलाई लिम्घा रुपन्देही समाजको ८ लाख बढि सहयोग

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0
सत्यवतीका पहिरो पीडितलाई लिम्घा रुपन्देही समाजको ८ लाख बढि सहयोग
100
SHARES
ShareTweet


बुटवल, ३० साउन । गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्वर ४ लिम्घा र वडा नम्वर ३ ठूलोलुम्पेकमा गएको पहिरोबाट प्रभाबितलाइ राहत तथा पुर्नस्थापनाका लागि बिभिन्न संघ संस्थाले सहयोग गरिरहेका छन् ।
विभिन्न ब्यक्ति तथा संघसंस्थाहरुले पहिरो प्रभावित परिवारको राहत तथा पुर्नस्थापनाका लागि संकलन गरेको राहत रकम तथा जिन्सी सामाग्री प्रभावित क्षेत्रमा पुगेर गाउँपालिका, सम्वन्धित वडा तथा पीडित परिवालाई प्रदान गरेका छन् ।
यो बर्षकै सबैभन्दा वढि मानविय र भौतिक क्षति भएको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलोलुम्पेको पिडामा धेरै क्षेत्रबाट मलम पट्टि लगाउने काम भएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनु भयो । सबै क्षेत्रको सहयोग र सदभावका कारण पहिरो प्रभावित जनतालाई तत्काल आवश्यक राहतको प्रवन्ध गर्न सहज भएको उहांले बताउनु भयो । यतिबेला पहिरोवाट विस्थापित परिवारलाई सुरक्षित ठाउंमा कसरी पुनस्र्थापन गर्न सकिन्छ भन्ने तर्फ पालिकाको ध्यान केन्द्रित भएको उहांको भनाई छ ।


अन्य संघसंस्थाले जस्तै पहिरो प्रभावित जनतालाई लिम्घा रुपन्देही सम्पर्क समाज बुटवलले पनि ८ लाख बढि आर्थिक सहयोग प्रदान गरेको छ । सम्पर्क समाजका अध्यक्ष परमानन्द भट्टराई र सल्लाहकार लोकनाथ उपाध्यायको नेतृत्वमा बुधबार पहिरो प्रभावित लिम्घामा पुगेको टोलीले एक कार्यक्रमका बिच सत्यवती गाउँपालिका ४ लिम्घाका वडा अध्यक्ष दान बहादुर रानालाई विभिन्न क्षेत्रबाट संकलित ८ लाख २९ हजार नगद हस्तान्तरण गरेको हो ।


राहत रकम हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष भट्टराई, सल्लाहकार उपाध्याय, सचिव खिमानन्द भट्टराई, कोषाध्यक्ष प्रेमनिधि ज्ञवाली, सदस्य बाबुराम पौडेल, भोजराज पौडेल, सुरज रानालगायतले बोल्दै विभिन्न क्षेत्रबाट संकलन भएको राहत रकम र सामाग्री वास्तविक पीडित परिवारको राहत र पुनस्र्थापनामा खर्च गर्न र दुरुपयोग नगर्न आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा रुपन्देहीको सैनामैना नगरपालिकाका उपप्रमुख बिना राना र प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले पनि सम्पर्क समाजको समन्वयमा नगरपालिकाको तर्फवाट लिम्घा र लुम्पेकका पहिरो पीडितको सहयोगार्थ रु १ लाख आर्थिक सहयोग प्रदान गर्नुभयो ।
सहयोग रकम हस्तान्तरण गर्दै उपप्रमुख राना र कार्यकारी प्रमुख भण्डारीले एक पालिकालाई परेको दुखमा एक्यवद्धता जाहेर गर्नु र सान्त्वना प्रकट गर्नु अर्को पालिकाको दायित्व र धर्म हो भन्दै सहयोग रकमको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो ।
लिम्घा रुपन्देही सम्पर्क समाजले पहिरो पीडित क्षेत्रका जनताको सहयोगका लागि तामनगर, तिलोत्तमा, सैनामैनाको मुर्गिया, सालझण्डी र लुम्विनी प्रादेशिक अस्पताललगायतका क्षेत्रमा सहयोग संकलन गरेको थियो । जस अनुसार सैनामैना नगरपालिका १ लाख, सैनामैना नगर क्षेत्रमा १ लाख २५ हजार ५८, लुम्विनी प्रादेशिक अस्पतालका कर्मचारीबाट ६५ हजार, न्यू होराइजन विद्यालय परिवारवाट १ लाख १० हजार र बुटवल तामनगर क्षेत्रबाट १ लाख १ हजार १११ जम्मा भएको समाजका सचिव खिमानन्द भट्टराईले जानकारी दिनुभयो । यस्तै सिद्धार्थ मेमोरियल एकेडेमी र गोल्डेन फ्यूचर स्कूलवाट ८० हजार, शँकरनगर सामुदायिक बन बाट २५ हजार, रोट्रयाक्ट क्लव सैनामैना बाट २५ हजार, बुटवल नापी कार्यलय कर्मचारीबाट ३० हजार, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनवाट १० हजार, रुद्र प्रसाद भट्टराईबाट १० हजार सहित बुटवल नगर क्षेत्रबाट १ लाख ७३ हजार ७४० आर्थिक संकलन भएको थियो ।


लिम्घा रुपन्देही सम्पर्क समाज र सैनामैना नगरपालिकाले गरेको सहयोग ग्रहण गर्दै लिम्घा बाढि पहिरो राहत कोष संकलन समितिका संयोजक तथा सत्यवती ४ का अध्यक्ष दान बहादुर रानाले सहयोग दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै विभिन्न दाताहरुवाट प्राप्त भएको नगद तथा राहत सामाग्री पीडित परिवारको राहत र पुनस्र्थापनामा खर्च गरिने विश्वास दिलाउनु भयो । उहांले राहतको सहि सदुपयोगका लागि पीडित परिवारको वर्गिकरण गरेर सोहि अनुपातमा राहत उपलब्ध गराएको र अवको चरणमा पीडित र पहिरोबाट विस्थापित परिवारलाई सुरक्षित ठाउंमा पुनस्र्थापनाका लागि वडा र सिंगो गाउँपालिकाको ध्यान केन्द्रित भएको जानकारी गराउनु भयो ।
साउन ६ गतेराति परेको अविरल बर्षाका कारण साउन ७ गते विहान पहिरो जांदा घर सहित पहिरोमा पुरिएर ठूलोलुम्पेकमा ५ जना र लिम्घामा ८ जना गरी १३ जनाको ज्यान गएको थियो ।

≪ Previous Post

ग्रामीण विकास लघुवित्तद्वारा खाद्यान्न सामाग्री वितरण

Next Post ≫

३५ प्रतिशत जनता बैँक तथा वित्तीय संस्थाको पहुँच बाहिर : गभर्नर डा. नेपाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क