बुटवल, ३० साउन । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो पाँचौ वार्षिकोत्सव मनाउने क्रममा मानव सेवा आश्रम बुटवल–८, सुख्खानगर, रुपन्देहीमा, खाद्यान्न तथा सामग्री वितरण गरेको छ । मानविय सेवालाई प्राथमिकतामा राखेर यस संस्थाले बुधवार आश्रमका लागि चामल, दाल, तेल,नुन, तरकारी, चिनी, च्यूरा लगायतका खाद्यान्न सामाग्री वितरण गरेको छ ।
सो अवसरमा सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यले संस्थाले आफ्नो व्यवसायिक गतिविधिका माध्यमबाट मानविय सेवाका क्षेत्रमा समेत कार्य गरिरहेको बताउनु हुँदै मानव सेवा आश्रमले मानव सेवामा उदाहरणीय कार्य गरेकोमा प्रशंसा व्यक्त गर्नु भयो । उक्त खाद्यान्य तथा सामाग्री वितरण कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू चण्डिप्रसाद घिमिरे, नरेन्द्रसिंह विष्ट, अन्जन कोइराला, भेषराज कंडेल, सुिशल कुमार थापा, रमेश दाहाल र संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की, संस्थाका अधिकृत तथा कर्मचारीहरूले संयुक्त रुपमा खाद्यान्य सामाग्री वितरण गर्नु भएको थियो ।
![](https://sansarpost.com/bhitra/2019/08/gg-1-1024x605.jpg)
सोही अवसरमा मानव सेवा आश्रम प्रदेश नं. ५ की संयोजक रुपा के.सी.ले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो पा“चौ वार्षिकोत्सवको अवसरमा आश्रममा पु¥याएको सहयोग प्रति आभार प्रकट गर्नु भयो ।