Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बाणगङ्गामा अद्भूत दैवीय अनुभूति हुने शिव पार्वती गुफा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बाणगङ्गामा अद्भूत दैवीय अनुभूति हुने शिव पार्वती गुफा

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७६ · 0
बाणगङ्गामा अद्भूत दैवीय अनुभूति हुने शिव पार्वती गुफा
80
SHARES
ShareTweet

बाटो, विजुली र पानीको व्यवस्था गर्न सके धार्मिक पर्यटनको गन्तब्य बन्ने

कमल चौधरी




कपिलबस्तु, २८ साउन । कपिलवस्तुको बाणगङ्गा नगरपालिका –८ मा अद्भुत दैवीय अनुभूति हुने शिव पार्वती गुफा रहेको छ ।
पूर्व पश्चिम महेन्द्रराजमार्गदेखि बोर्डगाँउ, बन्डौली, मोर्मी हुँदै करिव ६ किलो मिटर उत्तर जंगल भित्र रहेको शिव पार्वती गुफामा दर्शनका लागि दिनहुँ भक्तजनहरु जाने गरेका छन् ।
उक्त गुफा भित्र शिव र पार्वतीको जस्तै आकृति रहेकाले गुफाको नाम शिव पार्वती राखिएको र अहिले सो गुफा सबैको आस्थाको केन्द्र बन्दै गएको छ । सो गुफामा धेरै बर्ष पहिले एक बाबा ध्यान गरेर बसेको स्थानीय जानकारहरु बताउछन् ।
प्राचीन भागिरथी नदिको प्रतिक मानिएको बाणगङ्गा नदीको ऐतिहासिक र धार्मिक महत्व संगै एतिहासिक शिव पार्वती गुफाका कारण बाणगङ्गा एउटा छुट्टै आध्यात्मिक र धार्मिक आस्थाको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

भगवान रामचन्द्र बनवासमा रहँदा पानीको अभाव भएपछि जमिनमा बाण प्रहार गर्दा पानीको मुल फुटेको र सोही मुलले गँगाको आकार लिएकाले सोही आधारमा बाणगङ्गा नदीको नामाकरण गरिएको किम्वदन्ती छ ।
सोही ठाउँमा शाक्य दर्शनका प्रणेता महर्षी कपिलमुनिको तपोभूमि, श्रृङ्गिघाट, मधुवनधाम, कपिलधाम, रामदातुवीन, लक्ष्मण घाट संगै शिव पार्वती गुफाको पनि ऐतिहासिक सम्बन्ध हुन सक्ने जनविश्वास रहिआएको छ ।


साथै कपिलबस्तु जिल्ला विभिन्न कालखण्डमा ऋषिमुनीहरुको ध्यान स्थल र शक्तिपिठहरु रहेको विभिन्न लेखहरुमा उल्लेख गरिएकाले पनि उक्त शिव पार्वती गुफा पनि प्राचिन ऋषिमुनीहरुको ध्यान स्थल रहेको हुनसक्ने सजिलै अनुमान गर्न सकिन्छ ।
किम्वदन्ती अनुसार एक जना मानिसले शिव पार्वती गुफामा रहेको शिला घर लगेपछि उनी विरामी भएको र पुनः त्यो शिलालाई सोही ठाउँमा राखेर पुजाआजा गरेपछि ठिक भएको थियो । त्यस पछि मानिसहरुले मनोकांक्षा पुराहुने विश्वासका साथ भाकल गर्ने र पुजाआजा गर्न थालेका स्थानिय कृष्ण घिमिरेले जनकारी गराउनुभयो ।


शिव पार्वती गुफामा दिनहुं जसो भक्तजन र दर्शनार्थीहरु जान थालेपछि मंगलबार बाणगंगा नगरपालिका –८ का वडा अध्यक्ष गुणनिधी भुषाल सहितको टोलीले सो क्षेत्रको अवलोकन गरेको छ ।
टोलविकास समितिका अध्यक्ष संक्रान्ती चौधरी, समाजसेवी राविराज आचार्य, समाजसेवी धुव्र कँडेल, टोल विकास समितिका सचिव राज कडेल, पत्रकार कमल चौधरी लगायतको टोलीले शिव पार्वती गुफाको आवलोकन गरेको हो ।
अवलोकनका क्रममा बाणगंगा–८ वडा अध्यक्ष भुषालले गुफाको यस ठाउँमा अध्यात्मिक र दैबी शंक्ति रहेकाले गुफाको संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले बाणगंगा–८ त्रिशक्ति समुदायिक वन भित्र पर्ने शिव पार्वती गुफाको संरक्षण र प्रवद्र्धन गर्दै यहाँ आउने भक्तजनहरुको लागि आवास निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो ।
समाजसेवी राविराज आचार्यले बाणगङ्गा नगरको पर्यटकीय विकासको लागि शिव पार्वती गुफाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गष्र्नुभयो ।


शिव पार्वती गुफाका पुजारी कृष्ण घिमिरेले राम्रो बाटो नहुँदा कतिपय दर्शकहरुलाई गुफा सम्म पुग्न समस्या परेकाले छिट्टै राम्रो बाटो, विजुली र खाने पानीको व्यवस्था गर्न सके यो गुफा धार्मिक पर्यटनको राम्रो गन्तब्य बन्ने विश्वास ब्यक्त गर्नुभयो ।

≪ Previous Post

प्रदेश पाँच सरकारको निणर्य : सीप बिकासका कर्मचारीलाई बिदा,जनप्रतिनिधिलाई दोहोरो सुबिधा

Next Post ≫

ग्रामीण विकास लघुवित्त संस्थाको रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क