Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश पाँच सरकारको निणर्य : सीप बिकासका कर्मचारीलाई बिदा,जनप्रतिनिधिलाई दोहोरो सुबिधा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश पाँच सरकारको निणर्य : सीप बिकासका कर्मचारीलाई बिदा,जनप्रतिनिधिलाई दोहोरो सुबिधा

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७६ · 0
प्रदेश पाँच सरकारको निणर्य :  सीप बिकासका कर्मचारीलाई बिदा,जनप्रतिनिधिलाई दोहोरो सुबिधा
120
SHARES
ShareTweet


यमलाल भुसाल
बुटवल, २८ साउन । प्रदेश ५ सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई दाहोरो सुबिधा लिन पाउने देखि सीप बिकास तालिम केन्द्रका कर्मचारीलाई अवकास दिनेसम्मका निणर्य गरेको छ ।
प्रदेश ५ को मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले जनप्रतिनिधिलाई दाहोरो सुबिधा लिन पाउने देखि सीप बिकास तालिम केन्द्रका कर्मचारीलाई अवकास दिनेसम्मका निणर्य गरेको बैठक पछि आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका मुख्यमन्त्री शँकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले ८ वटा विषयमा छलफल गरी निणर्य गरेकोे पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले बताउनु भयोे ।
प्रदेश सरकारले ऐन नै संशोधन गरेर जनप्रतिनिधिले राज्यकोषबाट दोहोरो सुविधा लिन पाउने ब्यवस्था गरेको छ । यस अघि स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन नपाउने ब्यवस्था रहेपनि मन्त्रिपरिषदको बैठकले स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन ऐन नै संशोधन गरेर बाटो खुल्ला गरिदिएको हो ।
मन्त्रिपरिषद् बैठकले स्थानीय तहका जनप्रतिनिधिलाई दोहोरो सुविधा लिन रोक्ने ऐनको दफा नै हटाउने र ऐन संशोधन गर्ने निर्णय गरेपछि सुविधा लिन बाटो खुलेको हो ।
बैठकले सीप बिकास तथा व्यवसायिक तालिम केन्द्रमा कार्यरत अस्थायी तथा करार कर्मचारीलाई भदौ १ गतेदेखि अवकास दिने निणर्य पनि गरेको छ ।
प्रदेश ५ अन्तर्गत बुटवल, दाङ र नेपालगञ्जमा सीप बिकास तथा व्यवसायिक तालिम केन्द्रका कार्यालय रहेका छन् । केन्द्रका अस्थायी तथा करार सबै कर्मचारीलाई नेपाल सरकारको नियम अनुसार सुबिधा दिई अवकास दिने निणर्य गरेको मन्त्री चौधरीले बताउनु भयो ।
त्यस्तै प्रदेश सरकारले कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाको केन्द हालको वडा नम्बर ३ लवनीवाट परिवर्तन गरि वडा नम्बर २ को ठुलोनन्द नगर तोक्न केन्द्रिय सरकारलाई सिफारिस गर्ने निणर्य गरेको छ । प्रदेश लोक सेवा आयोगको कार्यालय बुटवलमा राख्ने निणर्य पनि गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले बताउनु भयो । त्यसैगरि प्रदेशसभाका स्वर्गीय सदस्य उत्तर कुमार वलीको वीमा वापतको १० लाख रकम नीजकी पत्नीलाई प्रदेश सभा सचिवालय मार्फत प्रदान गर्ने, वजार अनुगमन तथा प्रतिस्पर्धा प्रवद्र्धन गर्नका लागि विधेयक वनाउन स्वीकृति प्रदान गर्ने निणर्य पनि मन्त्री परिषद बैठकले गरेको छ । बैठकले सामाजिक विकास मन्त्रालयले प्रदेश विश्वविद्यालय स्थापना र प्रदेश अन्तर्गत संचालन हुने उच्च शिक्षा सम्बन्धी शैक्षिक संस्थाहरुको नियमन गर्न उच्च शिक्षा नीति सम्बन्धमा बनाउन लागेको विधेयक वारे पनि स्वीकृती प्रदान गर्ने निणर्य गरेको मन्त्री चौधरीले पत्रकार सम्मेलनमा बताउनु भयो ।

≪ Previous Post

प्रदेश लोकसेवा आयोगका अध्यक्षद्वारा सपथ

Next Post ≫

बाणगङ्गामा अद्भूत दैवीय अनुभूति हुने शिव पार्वती गुफा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क