काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश गरेको छ ।
काठमाडौँ अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेश पछि प्रसाईं डिल्लीबजार कारागारमा चलान भएका थिए । जिल्लाको आदेशविरुद्ध प्रसाई उच्च अदालत गएका हुन् ।
उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई मुद्दामा २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो । उच्च अदालतले बैंकिङ कसुरको हकमा २५ लाख धरौटी माग गरेको हो भने जिल्लाको आदेशविरुद्धको निवेदनमा ३ लाख धरौटी माग गरेको हो ।
सोमबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले ३ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।
यस्तै बैंकिङ कसुर मुद्दामा भने न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई २५ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो ।