Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

संसारपोस्ट संवाददाता · २० श्रावण २०८२ · 0
कक्षा १२ को नतिजा सार्वजनिक : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
100
SHARES
ShareTweet

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
सोमवार सार्वजनिक गरिएको नतिजाअनुसार, नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ३६.४९ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत वर्ष नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका थिए भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका थिए । गत वर्षको तुलनामा ९ प्रतिशतले नतिजामा सुधार आएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी थिए ।
नतिजा सार्वजनिक गर्नुअघि आइतवार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो । बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनिक हुनुपर्ने भए पनि गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूको आन्दोलनका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको हो ।
गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि संचालन भएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट httpsM.neb.ntc.net,np बाट नतिजा हेर्न सकिन्छ ।
यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।
यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिनेछ । यूएसएसडी सेवा अन्तर्गत ८१६०१३ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

≪ Previous Post

रुपन्देहीमा ‘सि.एस.आई.टी.ए.एन. नेटवर्किङ बुट क्याम्प’ हुँदै

Next Post ≫

मेडिकल ब्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्चको आदेश : २८ लाख धरौटी माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क