दाङ । आफ्नै गाडीले च्याँपिएर दाङको लमहीमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राकेश कुमार बानियाँ रहेका छन् ।
आइतबार बिहान ६ बजेतिर आफ्नै घर अगाडी रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीको पछाडिको चक्कामा लगाएको ओट (ढुंगा) हटाउने क्रममा गाडी पछाडी गुडेर उनलाई च्यापेको थियो ।
गाडीले च्यापेर गम्भीर घाइते भएका बानियाँलाई तत्काल लमही अस्पताल पु¥याइएको थियो । उनको उपचारका क्रममा आज बिहान ६ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।