Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल तामनगरमा ७ करोडको लगानीमा अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन हल निर्माण गरिने
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल तामनगरमा ७ करोडको लगानीमा अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन हल निर्माण गरिने

संसारपोस्ट संवाददाता · ५ श्रावण २०८२ · 0
बुटवल तामनगरमा ७ करोडको लगानीमा अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन हल निर्माण गरिने
110
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ब्याडमिन्टन हल निर्माण हुने भएको छ ।
बुटवल उपमहानगरपालिकाले तयार गरेको गुरुयोजना अनुसार करिब ७ रोपनी क्षेत्रफलमा निर्माण हुने सो अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन हलको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) पनि तयार भैसकेको छ ।
करिव ७ करोडको लगानीमा निर्माण सम्पन्न हुने सो आधुनिक र सुबिधा सम्पन्न ब्याडमिन्टन हलको निर्माणपछि बुटवलमा पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु संचालन गर्न सकिने छ ।
डिपिआर पश्चात गणेशटोलमा रहेको सो जग्गाको भोगाधिकारको प्रकृया शुरु भएको र अन्तर्राष्ट्रिय ब्याडमिन्टन हलको लागि आवश्यक जग्गा प्राप्ती पश्चात भौतिक पुर्वाधार निर्माणका काम शुरुहुने तामनगर ब्याडमिन्टन क्लवले जनाएको छ ।
यसका लागि आवश्यक सम्पुर्ण तयारी पुरा गरि प्रकृया अघि बढाइएको र यसबर्ष नै संघिय सरकारले अन्तर्राष्ट्रिय ब्याडमिन्टन हलका लागि ३ करोड बजेट बिनियोजन गरेको क्लवका अध्यक्ष सुभाश कर्माचार्यले बताउनुभयो ।
तामनगरमा आयोजित क्लवको आठौं साधारण सभा तथा चौथो अधिबेशनमा बोल्दै अध्यक्ष कर्माचार्यले यसअघि बुटवल उपमहानगरपालिका र वडा कार्यालयको सहयोगमा केही पुर्वाधार निर्माणको कामहरु भएको जानकारी गराउँदै यसपटक बिशेष महत्वका साथ बजेट बिनियोजन गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलप्रति आभार प्रकट गर्नुभयो ।
साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै बुटवल १४ का वडाध्यक्ष डिल्लिप्रसाद शर्माले बुटवल उपमहानगरपालिका, प्रदेश सरकार, संघिय सरकार सबैको सहयोगबाट यो परियोजना सम्पन्न हुने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले ब्याडमिन्टन हल निर्माण हुने स्थलमा निकट भविष्यमा जग्गाको नापजाँचका लागि आवश्यक प्राबिधिक तयारी भैरहेको जानकारी गराउनुभयो ।
पुर्ब वडा अध्यक्ष दुर्गाप्रसाद सुबेदीले सम्पुर्ण वडाबासीका लागि गौरवको योजनाका रुपमा रहेको यो परियोजनालाई सफल बनाउन जुनसुकै परिस्थिति र चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
भूपू सैनिक कल्याणकारी क्लव तामनगरका अध्यक्ष पुरन बहादुर शाहीले यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताउदै सबैलाई सक्रिय भएर लाग्न सुझाव दिनुभयो ।
ब्याडमिन्टन क्लवका पुर्व अध्यक्ष बालकृष्ण पौडेलले परियोजना सफल बनाउन राजनैतिक, सामाजिक, ब्यक्तिगत सबै प्रकारले सहयोग गर्न राजनैतिक दल, समाजसेवी, बुद्धिजिवी, पत्रकार सबैलाई आग्रह गर्नुभयो ।
क्लवका पुर्व अध्यक्ष मधु पुलामीमगरले सबैले तन मन धनले सहयोग गरेर बिगतमा जस्तो बजेट फ्रिज हुने अवस्था नआउने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।
यसैबिच क्लवको सम्पन्न साधारण सभाले बुटवल १२ का बिभिन्न स्थानमा रहेका बिभिन्न ५ वटा क्लवहरुलाई एकैठाउँ मर्ज गरेर एउटै बृहत क्लव बनाउने उद्देश्यका साथ ती क्लवहरुसँग संवाद गर्ने र गाभ्ने बिषयमा छलफल गरि टुंगो लगाउने प्रस्ताव पारित गरेको छ ।

≪ Previous Post

आफ्नै गाडीले च्यापेर दाङमा एक युवकको मृत्यु

Next Post ≫

बुटवल–नारायणगढ सडकअन्तर्गत दाउन्ने खण्ड : एक वर्षमा ६३ पटक अवरुद्ध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क