Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ १३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २२ असार २०८२ · 0
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा
80
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरीपैठारी गरेको करिव १३ लाख ४४ हजार २१० रुपैयाँ बरावरको अबैध सामान बरामद गरेको छ ।

प्रहरीले अबैध सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन कार्यालय बेलहियामा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. २ मेउडिहवाबाट वेवारिसे अवस्थामा रहेको एसी १ थान बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.१ बाइपासबाट एआरसी कलर बक्स, बेल्ट ७० पिस, चप्पलको सोल ४५ पिस, फलामको निप्पल ६०० पिस, चिनि १५० के.जी.र किराना सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरी टोलीले कञ्चन गाउँपालिका वडा नं. ०१ मटेरियाबाट लु ५ प ८८७१ नं. को मोटरसाइकल र लु ५ प ३८२३ नं. को मोटरसाईकलमा ल्याउदै गरोको बेवारिसे अवस्थामा रेहको ८ बोरा चिनी र किराना सामान मोटरसाइकल सहित बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरी टोलीले रोहिणी गाँउपालिका वडा नं. ३ धकधइबाट लु २८ प ९३४२ नं. को मोटरसाईकल सहित चिनी ५ बोरा, इन्डिया गेट चामल २१ के.जी. र किराना सामान बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका वडा नं. ९ मंगलापुरबाट ३३ पिस कुर्ता सुरवाल,४० जोर जेन्स जुत्ता सहित भारत उत्तर प्रदेश जिल्ला महाराजगंज नौतुना बस्ने वर्ष ४५ को शिवशंकर यादवलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरी टोलीले गैडहवा गाँउपालिका वडा नं. ७ बाट लु ७ प १५५४ नं. को मोटरसाईकलमा ल्याउदै गरेको किराना सामान बरामद गरेको छ भने वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ नगरपालिका वडा नं. ८ बाट ना १ ह ९७९८ नं.को ई– रिक्सा, लु ३७ प ७४५६ नं. मोटरसाइकल सहित जिन्स पाईन्ट १९ पिस, टिसर्ट ३१ पिस, इन्जिन आयल १० ग्यालीन, हाईड्रोलिक पार्टस् १० पिस, रोटभेटर ब्लेड १८ पिस बरामद गरेको छ ।

यस्तै प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरी टोलीले रोहिणी गाँउपालिका वडा नं. २ र ७ बाट लु २१ प ७२११ नं.को मोटरसाइकल सहित ११ बोरा चिनी, कुलर १ थान, किराना सामान तथा देवदह नगरपालिका वडा नं.११ बस्ने वर्ष २५ को मोछु मल्लाहलाई नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरी टोलीले रोहिणी गाँपालिका वडा नं. ६ बोदवारबाट २० पिस जिउँदो बोइलर कुखुरा बरामद गरेको छ ।

≪ Previous Post

नवलपरासी उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागतःखुला सिमाना ब्यवस्थापनमा जोड

Next Post ≫

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क