Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नवलपरासी उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागतःखुला सिमाना ब्यवस्थापनमा जोड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासी उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागतःखुला सिमाना ब्यवस्थापनमा जोड

संसारपोस्ट संवाददाता · २१ असार २०८२ · 0
नवलपरासी उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागतःखुला सिमाना ब्यवस्थापनमा जोड
100
SHARES
ShareTweet

नवलपरासी उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागतः

बुटवल । नवलपरासी उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा स्वागत गरिएको छ । दुई दिने संस्थागत भ्रमणमा निस्किएको नवलपरासीको टोलीलाई शुक्रबार बुटवल उद्योग वाणिज्य संघमा स्वागत गरिएको हो ।

त्यस क्रममा व्यवसायीका समस्या उठान गर्दै समाधानका लागि सामुहिक प्रयासमा जोड दिईएको छ । कार्यक्रममा नवलपरासी उद्योग वाणिज्य संघको टोलीलाई स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले बुटवलको औद्योगिक तथा व्यवसायिक विकासमा बुटवल उद्योग वाणिज्य संघको उल्लेखनीय योगदान रहेको बताउनु भयो । उहाँले बुटवल उद्योग वाणिज्य संघले अघि सारेको अवधारणा अनुसार मोतिपुर औद्योगिक क्षेत्र अगाडि बढेको जानकारी गराउँदै मोतिपुर औद्योगिक क्षेत्र निर्माण पश्चात यस क्षेत्रको औद्योगिक विकास र उद्यमशिलता विकासले तिब्र गति लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले परासीका कोही उद्योगी ब्यवसायीले लगानी गर्न चाहेमा संघले सहजिकरण गरिदिने पनि बताउनु भयो ।

त्यस अवसरमा नवलपरासी उद्योग वाणिज्य संघले बुटवलका उद्योगी व्यवसायीलाई परासीमा आएर उद्योग व्यवसायमा लगानी गर्न निम्ता दिएको छ । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले बुटवल तथा आसपासका लगानीकर्ता उद्योगी व्यवसायीलाई परासीमा आएर उद्योग व्यवसाय गर्न आग्रह गर्नुभएको हो ।
उहाँले उद्योगमा लगानी गर्न आउने लगानीकर्तालाई नवलपरासी उद्योग वाणिज्य संघले स्वागत सहित सहजिकरण गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । नेपालकै मध्येभागमा रहेको परासीमा बुटवलमा भन्दा तुलनात्मक रुपमा धेरै सस्तोमा जग्गा प्राप्त हुने र रामग्राम सहित अन्य पर्यटकीय गन्तव्य पनि भएकाले पर्यटन उद्योगको समेत सम्भावना औंल्याउँदै उहाँले लगानीका लागि निम्तो दिनुभएको हो ।

कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन गर्दै बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले औद्योगिक विकासमा भईरहेको अवरोध चिर्नेगरी व्यवसायिक संस्थाहरुले काम गर्नुपर्ने बताउँदै त्यसका लागि सबै संघको एकतावद्ध प्रयासमा जोड दिनुभयो ।

त्यस अवसरमा व्यवसायीका समस्याहरुको बारेमा छलफल भएको थियो । सिमा क्षेत्रका उद्योगी व्यवसायीका प्रमुख समस्या खुला सिमा भएको औंल्याउँदै खुला सिमा व्यवस्थापनमा जोड दिईएको बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्तिप्रसाद अधिकारीले बताउनु भयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्की र नवलपरासी उद्योग वाणिज्य संघका कार्यकारी सचिव रामशंकर कुर्मीले संघको स्थापना र त्यसयता संघबाट भएगरेका काम, विधानमा भएका व्यवस्था, संघमा सञ्चालित कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा संघका पदाधिकारीहरु वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल सहित कार्यसमिति सदस्यहरु र नवलपरासी उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

शँकरनगर सामुदायिक वनमा महिला सशक्तिकरण र उद्यमविकास तालिम 

Next Post ≫

१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क