Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शँकरनगर सामुदायिक वनमा महिला सशक्तिकरण र उद्यमविकास तालिम 
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शँकरनगर सामुदायिक वनमा महिला सशक्तिकरण र उद्यमविकास तालिम 

संसारपोस्ट संवाददाता · २० असार २०८२ · 0
शँकरनगर सामुदायिक वनमा महिला सशक्तिकरण र उद्यमविकास तालिम 
80
SHARES
ShareTweet

तिलोत्तमा । लुम्बिनी प्रदेशका पूर्ब मूख्यमन्त्री लिला गिरीले आरक्षणका हिसावले राज्यका हरेक निकाय तथा अन्य संघसस्थामा एक तिहाई महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गरिएपनि त्यो संख्या कम रहेको बताउनुभएको छ ।

शँकरनगर सामुदायिक वन उपभोक्ता समूह, तिलोत्तमा रुपन्देहीद्वारा आयोजित महिला सशक्तिकरण, उद्यमविकास तथा गरिवी न्यूनिकरण सम्बन्धी दुई दिने तालिमको शुक्रबार उद्घाटन गर्दै पूर्व मूख्यमन्त्री गिरीले आरक्षणका हिसावले नभई जनसंख्याका आधारमा महिलाहरुको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो ।

ब्यवस्थामा परिवर्तन आएपनि नागरिकको अवस्थामा परिवर्तन नआएकाले सबै क्षेत्रबाट अवस्था परिवर्तनका लागि राज्यका सबै निकायमा दवाव सिर्जना गर्नुपर्नेमा पूर्व मूख्यमन्त्री गिरीले जोड दिनुभयो ।

सामुदायिक वनका अध्यक्ष रबिन्द्र बस्नेतले वन समूहको वार्षिक कार्ययोजना अनुसार समूहका उपभोक्ता तथा पार्षद सदस्यहरुको क्षमता अभिबुद्धि, नेतृत्व विकास, गरिवी न्यूनिकरण तथा उद्यमविकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । कार्यसमिति तथा पार्षदमा ५० प्रतिसत महिलाहरुको सहभागिता रहेको सामुदायिक वनमा विशेष गरी महिलाहरुको नेतृत्व र क्षमता विकास गरी उनीहरुलाई सशक्तिकरण गर्ने उद्देश्यले सामुदायिक वनले समयसमयमा यस्ता कार्यक्रलाई निरन्तरता दिदै आएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

कार्यक्रममा वन तथा वातावरण सुरक्षा विज्ञ दामोदर शर्मा तिवारी, सामुदायिक वनका वरिष्ठ सल्लाहाकार टेक बहादुर थापा, उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारीलगायतले बोल्दै दुई दिने तालिमले महिला सशक्तिकरण, गरिवी न्यूनिकरण, वन विकास तथा वनको सम्वद्र्धनमा महत्वपुर्ण टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

तालिममा मूलुकी फौजदारी संहिता र ब्यवहारिक पक्ष, योजनाको अवधारणा र स्थानीय तहमा योजना तर्जुमा प्रकृया, मुलुकी देवानी संहिताका विशेषता र ब्यवहारिक पक्ष, लैंगिक न्याय, स्थानीय तहमा नेतृत्व विकास, महिला सशक्तिकरण र महिला हिंसा, सूचनाको हक र बोल्ने कला तथा सूचनाको हक र बोल्ने कलाका विषयमा सहजीकरण गरिने समूहका कोषाध्यक्ष भूवन आचार्यले जानकारी दिनुभयो ।

तालिममा प्रमुख प्रशिक्षक लुम्बिनी प्रदेशका पूर्व मूख्य न्यायाधिवक्ता खुमकान्त पौडेल, न्यायाधिश ईश्वर पराजुली, तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अधिवक्ता हेमा न्यौपाने, पत्रकार खिमानन्द भट्टराई र वन तथा वातावरण सुरक्षा विज्ञ दामोदर शर्मा तिवारीले सहजीकरण गर्नुहुनेछ ।

दुई सत्रमा संचालन हुने तालिममा तिलोत्तमा १ देखि ४ वडाका महिला र पुरुष पार्षद, कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ जनाको सहभागिता रहेको छ ।

≪ Previous Post

करिव चारलाख बराबरका अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

Next Post ≫

नवलपरासी उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागतःखुला सिमाना ब्यवस्थापनमा जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क