Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७६ · 0
10
SHARES
ShareTweet

बौद्ध विश्वविद्यालयमा विद्यार्थी परिषद पुनर्गठन
भैरहवा, २८ साउन । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रिय क्याम्पस, लुम्बिनीको विद्यार्थी परिषद पुनर्गठन भएको छ ।
आईतबार केन्द्रिय क्याम्पस लुम्बिनीको सभाहलमा सम्पन्न विद्यार्थीको भेलाले स्नाकोत्तर तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थी कमल रायमाझीको अध्यक्षतामा परिषद पुनर्गठन गरेको हो । जसको उपाध्यक्षमा जयकिशन अधिकारी, सचिवमा विपि गौतम, सहसचिवमा नरेश के.सी र कोषाध्यक्षमा मधु पाण्डे चयन हुनुभएको छ । यसैगरी परिषदको सदस्यहरुमा जनार्दन लोध, सनिउल्लाह धोबी, मोहन राना र सरस्वती बस्याल चयन हुनुभएको छ ।
परिषदको विधानत ः ९ सदस्य कार्यसमिति रहने व्यवस्था बमोजिम विद्यार्थीको भेलाले उक्त समिति सर्वसम्मत रुपमा चयन गरेको भेला आयोजक समितिका संयोजक सिद्धिचरण भट्टराईले बताउनुभयो । भेलाले परिषदको संरक्षकमा क्याम्पस प्रमुख फणिन्द्र न्यौपाने र सल्लाहकारमा सिद्धिचरण भट्टराईलाई चयन गरेको छ । भेलाको अध्यक्षता गर्नुभएका भट्टराईले विद्यार्थी हकहित र विश्वविद्यालयको सर्वाँगिण विकासकोलागि त्रिभूवन विश्वविद्यालयमा स्ववियु परिषदले खेल्ने भूमिका जस्तै लुम्बिनी बौद्ध विश्वविद्यालय, विद्यार्थी परिषदले भूमिका खेल्ने बताउनुभयो ।
क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले लुम्बिनी बौद्ध विश्वविद्यालयको चौतर्फी विकासकोलागि विद्यार्थीको तहबाट संस्थागत रुपमा विद्यार्थी परिषदले महत्वपुर्ण कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । ०७३ सालमा पोमनारायण पौडेलको अध्यक्षतामा गठित परिषद त्यसपछि पुनर्गठित हुन सकेको थिएन ।

≪ Previous Post

आजको राशिफल (२८ साउन २०७६ मंगलवार)

Next Post ≫

फोनिज स्थापना दिवसमा पाँच जना सम्मानित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क