बुटवल, २८ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको २० औं स्थापना दिवसको अवसरमा सोमबार रुपन्देही जिल्लालाई कर्मथलो बनाई पत्रकारीता गर्दै आएका पाँच जना पत्रकारलाई सम्मान गरिएको छ ।
उनीहरुलाई फोनिज रुपन्देहीले आयोजना गरेको ‘संंवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था’ विषयक अन्तरसंवाद तथा सम्मान कार्यक्रममा सम्मान गरिएको हो ।
पत्रकारीतामा रुपन्देही जिल्लालाई कर्मथलो बनाई निरन्तर रुपमा आदिवासी जनजाति समुदायको हक अधिकार सुनिश्चित गर्नको लागि पत्रकारीताको माध्यमबाट पु¥याएको योगदानको कदर गर्दै फोनिजले उनीहरलाई सम्मान गरेको हो ।
निरन्तर रुपमा आदिवासी जनजाति समुदायको हक अधिकार सुनिश्चित गर्नको लागि विभिन्न मिडियामा आवद्ध भएर कलम चलाउदै आएका पत्रकारहरु कमल चौधरी, मिलन गाहा, टेक मास्की राना र लोकनेश ढेँगा मगरलाई सम्मान गरिएको हो ।
उनीहरुलाई प्रदेश नं. ५ का प्रदेशसभा सभा सदस्य वीर बहादुर रानाले दोसल्ला ओढाएर कदर पत्र द्वारा सम्मान गर्नुभएको हो ।
यस्तै फोनिज स्थापना दिवसको अवसरमा प्रदान गरिदै आएको स्व. देवपाटा स्मृति पत्रकारिता पुरस्कार यस बर्ष साहित्य तथा स्तम्भ लेखक नरजङ्ग गुरुङ्गलाई प्रदान गरिएको छ ।
कार्यक्रम जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका जिल्ला अध्यक्ष सनु थापाको अध्यक्षता तथा उपाध्यक्ष दिपुमगरको संचालनमा भएको थियो ।