भैरहवा । रुपन्देही जिल्ला अदालतको २०५५ साल चैत २ गतेको फैसला बमोजिम सवारीज्यान मुद्धामा ७ दिन कैद सजायभई हाल सम्म फरार रहेका ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका वडा नं. ७ बस्ने गंगाराम यादवलाई फरार भएको २७ बर्ष पछि आज पक्राउ गरेको हो ।
पक्राउ परेका ब्यक्तिलाई जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
