Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल १५ मा साबुन, सरफ, हार्पिक र फिनेल बनाउने १५ दिने तालिम
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल १५ मा साबुन, सरफ, हार्पिक र फिनेल बनाउने १५ दिने तालिम

संसारपोस्ट संवाददाता · २ असार २०८२ · 0
बुटवल १५ मा साबुन, सरफ, हार्पिक र फिनेल बनाउने १५ दिने तालिम
120
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिका वार्ड नम्वर १५ मदैया चोक स्थित ज्येष्ठ नागरिक भवनमा डल्ले साबुन, सरफ, हार्पिक र फिनेल बनाउने १५ दिने तालिम सुरुभएको छ ।
नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिका, बुटवल रुपन्देहीको आर्थिक सहयोग तथा महिला सशक्तीकरण अनुसन्धान केन्द्रको आयोजनामा बुटवल १५ का गृहिणी महिलाहरुका लागि तालिम संचालन गरिएको हो ।
बुटवल उपमहानगरपालिकाले गृहिणी महिलाहरुलाइ आत्मनिर्भर र स्वरोजगार गराउने उद्देश्यले महिलाहरुको माग अनुसार नगरका विभिन्न वडाहरुमा यस्ताखालका स्वरोजगार तालिम सन्चालन गर्दै आइरहेको छ ।
तालिमको उद्घाटन गर्दै बुटवल -१५ का वडा अध्यक्ष एवम बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले नगर भित्रका गृहिणी महिलाहरुलाई लक्षित गरि उनीहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउन महिलाहरुकै मागनुसार सन्चालन हुने यो कार्यक्रम नगरपालिकाको विशेष र महत्वपुर्ण कार्यक्रम हो भन्नुभयो ।
प्रवक्ता रानाले तालिममा सिकेको सिपलाई कार्यान्वयन गरेर स्वावलम्बी र आत्मनिर्भर बन्न महिला दिदीबहिनीहरुलाई आग्रह गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका उपनिर्देशक तथा गृहिणी महिला स्वरोजगार कार्यक्रमका फोकल पर्सन बिजयदेव भुर्तेलले यो कार्यक्रम बुटवल उपमहानगरको बिशिस्ट र महत्वपूर्ण कार्यक्रम भएकाले यस्ता तालिमले गृहिणी महिलाहरुको ब्यवहारिक जिवनमा ठूलो परिवर्तन ल्याउने बिश्वास ब्यक्त गर्नुभयो ।
आयोजक सस्था महिला सशक्तिकरण अनुसन्धान केन्द्रका अध्यक्ष रेखा ज्ञवाली बस्नेतले तालिममा सिकेका कुराहरुलाइ ब्यवहारिक जिवनमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
प्रशिक्षक तुलसिराम पाठकले सहजिकरण गर्नुभएको कार्यक्रममा बुटवल उपमहानगरपालिका महिला बालबालिका शाखा प्रमुख तारा भुसाल, महिला सशक्तीकरण केन्द्रका उपाध्यक्ष तारा रायमाझी पोख्रेल, सिर्जनशिल टोल बिकास सस्थाका अध्यक्ष सुमित्रा न्यौपानेलगायतले बोल्दै तालिमले मानिसको जिवनमा ठूलो परिवर्तन ल्याउने बताउनुभयो ।
आज देखि सुरुभएको तालिम असार १६ गते सम्म सन्चालन हुने र तालिममा बुटवल १५ का विभिन्न टोलका ३० जना गृहिणी महिलाहरुको सहभागिता रहेको आयोजक सस्थाका सदस्य बिस्नु रेग्मीले बताउनुभयो ।

≪ Previous Post

नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

Next Post ≫

चिदिका रुपन्देही सम्पर्क समाजद्वारा छात्र–छात्रालाई निःशुल्क पोशाक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क