Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०८२ · 0
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन
70
SHARES
ShareTweet

बुुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा भएको दुई दिने विकास पत्रकारिता तालिम समापन गरिएको छ ।
समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामाथि आक्रमण र त्रासको वातावरण बनेको भन्दै स्वतन्त्र प्रेसका पक्षमा सबै एकठाउँ र निर्भिक भएर उभिनुपर्ने बताउनुभयो । उहाँले पत्रकारहरुले सधै आलोचनात्मक चेत बोकेर काम गरिरहनुपर्ने बताउनुभयो ।
तालिममा प्रमुख प्रशिक्षकका रुपमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल,प्रेस युनियनका केन्द्रीय सदस्य रेखा भुसाल,सल्लाहकार माधव नेपाल,पूर्व अध्यक्ष खिमानन्द भट्टराई, हरिष ढकाल, भवानी प्रसाद पाण्डे,अग्रज बिष्णु भुसाल लगायतले अनुभवसहित सहजीकरण गर्नुभएको थियो ।
प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा रुपन्देहीका करिब १ सय ५० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रेस युनियनका सदस्य एवं सर्जक डिल्लीनारायण पाण्डेयलाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको छ । पाण्डेयले बुटवलसहित बिभिन्न ४ वटा नगरका गान रचना गर्नुभएको छ । कार्यक्रममा सर्जक पाण्डेयले युनियनले गरेको सम्मानप्रति आभार ब्यक्त गर्नुभयो ।
युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो भने तालिमको संयोजकमा उपाध्यक्ष कल्पना तिवारी रहुनभएको थियो ।

सर्जक डिल्लीनारायण पाण्डेयलाई युनियनको सम्मान

नेपाल प्रेस युनियनले आफ्ना सदस्य एवं सर्जक डिल्लीनारायण पाण्डेयलाई सम्मान गरेको छ । बुटवलमा संचालित दुइ दिने विकास पत्रकारिता तालिमको समापनका अवसरमा पाण्डेयाइ दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको हो ।
पाण्डेयले बुटवल उपमहानगरपालिका सहित बिभिन्न ४ वटा पालिकाका गान रचना गर्नुभएको छ । उहाँलाइ नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवं तालिमका प्रमुख प्रशिक्षका विपुल पोखरेल,अध्यक्ष कविन्द्र नेपाल लगायतले सम्मान गर्नुभएको हो ।
सो अवसरमा बोल्दै सर्जक पाण्डेयले नेपाल प्रेस युनियनको सम्मानले आफुलाइ अझै जिम्मेबारी थप गरेको भन्दै कलम चलाउने कामलाइ अझै तीब्रताका साथमा अगाडी बढाउने बताउनुभयो ।

≪ Previous Post

बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

Next Post ≫

बुटवल १५ मा साबुन, सरफ, हार्पिक र फिनेल बनाउने १५ दिने तालिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क