Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

संसारपोस्ट संवाददाता · ३० जेष्ठ २०८२ · 0
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द
100
SHARES
ShareTweet

भैरहवा । जिल्लास्तरीय संयुक्त अनुगमन समितिले रुपन्देहीको भैरहवामा दर्ताविनै संचालित १० वटा व्यवसायिक स्वास्थ्य संस्था बन्द गरेको छ । बुधबार अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको र दर्ताबिनै संचालनमा रहेको पाइएपछि ती व्यवसायिक स्वास्थ्य संस्था बन्द गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले जानकारी दिनुभयो ।
अनुगमन समितिले ८ वटा क्लिनिक र २ वटा ल्याब बन्द गरेको हो । १४ वटा निजी स्वास्थ्य संस्थामा अनुगमन गरिएकोमा १० वटा बन्द गरिएको रानाले बताउनुभयो । ‘दर्ताविनै गैरकानूनी रुपमा स्वास्थ्य संस्था संचालनमा रहेको भन्दै प्रशासनमा उजुरी आएको थियो’, उहांले भन्नुभयो –‘यसलाई आधार मानेर अनुगमन गर्दा अधिकांश गैरकानूनी रुपमा संचालित रहेको पाइएको छ । कतिपय क्लिनिकले विरामी भर्ना गरेरै उपचार गरिरहेको पनि पाइयो, त्यस्तालाई तत्कालका लागि बन्द गरेका छौं ।’
रानाले दर्ता गरी मापदण्ड पूरा गरेर संचालन गर्न निर्देशन समेत दिइएको जनाउनुभयो । अनुगमन समितिले बन्द गरेका अधिकांश क्लिनिक फार्मेसीसँगै संचालित थिए । फार्मेसी संचालनको अनुमति लिए पनि क्लिनिक संचालनको अनुमति नलिएको पाइएपछि बन्द गरिएको हो ।

बन्द गरिएका क्लिनिकहरुमा सिद्धार्थनगरमा संचालित शिवम् क्लिनिक प्रा.लि., महादेजस फार्मेसीमा संचालित क्लिनिक, होमटाउन फार्मेसीमा संचालित क्लिनिक, श्रीनगर अप्टिकल सेन्टरमा संचालित क्लिनिक, नेपाल चम्सा पसलमा संचालित क्लिनिक छन् । यस्तै, जिविका मेडिकल प्रालिमा संचालित क्लिनिक, श्रद्धा क्लिनिक र रोशिष प्याथोलोजी एण्ड क्लिनिक छन् । यस्तै, लुम्बिनी प्याथोलोजी र न्यु ओम प्याथोलोजी ल्याब पनि बन्द गरिएको छ । बन्द गरिएका क्लिनिक र ल्याबहरु सिद्धार्थनगर १२, १३ र वडा नमवर ७ का हुन् । यी मध्ये दर्ता नभएका र मापदण्ड नपुगेका अधिकांश ल्याब र क्लिनिक भैरहवास्थित जिल्ला अस्पताल भीम अस्पताल आसपासका छन् ।

अनुगमनका क्रममा यी स्वास्थ्य संस्था मध्ये केहीले स्वास्थ्य कार्यालय, रुपन्देही र केहीले सिद्धार्थनगर नगरपालिकाबाट अनुमति नै नलिइ संचालनमा रहेको पाइएको स्वास्थ्य कार्यालय, रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले बताउनुभयो । उहांका अनुसार यी संस्थालाई तत्काल दर्ता प्रक्रियामा जान निर्देशन दिइएको छ ।

संचालन अनुमति नलिँदासम्म यी क्लिनिक र ल्याब संचालनमा रोक लगाइएको अनुगमन समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको अनुगमनमा, सिद्धार्थनगर नगरपालिका, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी, सिद्धार्थ उद्योग बाणिज्य संघ, भीम अस्पतालका चिकित्सक, उपभोक्ता हित संरक्षण मंच, औषधी व्यवसायी संघ लगायतका प्रमुख तथा प्रतिनिधि सहभागि थिए ।
अनुगमन समितिले यही आइतबार मात्रै दर्ताविनै संचालित बुटवलका ६ वटा क्लिनिक समेत बन्द गरेको थियो । पाइलैपिच्छे क्लिनिक खोल्ने तर दर्ता र मापदण्ड पूरा नगरी संचालन गर्ने परिपाटी बढिरहेको छ । नियमित र उजुरीका आधारमा अनुगमन गरी त्यस्ता संस्थाहरुलाई कानूनी दायरामा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी रानाले बताउनुभयो ।

≪ Previous Post

ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

Next Post ≫

नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क